Logo

संविधान दिवसमा शितलनिवासमा रात्रिभोज



काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज रात्रिभोजको आयोजना गरेकी छिन् । चौथो संविधान दिवसको अवसरमा उनले विभिन्न राजनीतिक दलका नेताहरुलाई शितलनिवासमा आमन्त्रण गरेर भोजको आयोजना गरेकी हुन् । राजपा नेपाल र समाजवादी पार्टीबाहेक प्रायः मुख्य दलका शीर्ष नेताहरु उक्त भोजमा सहभागी रहेको बुझिएको छ ।

यसअघि काठमाडौंमा भएको एक कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी थिईन् । उनले संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको भन्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरु मिलरे अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेसका सभापति समेत रहेका स्व।सुशील कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा समेत गरिन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री स्व। कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्