Logo

चालकले किन गरे अपहरणको नाटक ?



काठमाण्डौ । एमएडव्लु इन्टरप्राइजेजका गाडी चालकले अपहरणको नाटक गरेको खुलासा भएको छ ।
आफु अपहरणमा परेका नाटक गरेर प्रहरीलाई खबर गर्ने सर्लाही बसन्तपुर नगरपालिका घर भई ललितपुर बस्ने २६ वर्षीय सङ्ग्राम अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज टोलीले बिहीवार अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

उनले प्रदेश ३ बा २९०७ नम्बरको गाडीसहित आफूलाई सुकेधाराबाट कन्चटमा पेस्तोल राखेर नशालु पदार्थसमेत सुँघाई गाडी नियन्त्रणमा लिई गाडीमा रहेको करिब ५ लाख पर्ने यामाहा कम्पनीका विभिन्न मेशिनरी पार्टपुर्जाहरू समेत लुटिएको झुटो जानकारी दिएका थिए ।

प्रहरीमा अपहरणको उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दा अपहरणको नाटक गरेको खुल्न आएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot