Logo

महरालाई कारवाही गर्नैपर्छ : भीम रावल (भिडियोसहित)



काठमाडौं, १७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले यौनकाण्डमा मुछिएका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरेका छन् ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि महराले जबरजस्ती करणी गरेको समाचार बाहिरिएपछि महराले राजीनामा दिईसकेका छन् । यही प्रकरणलाई लिएर देशमा अहिलेपनि बहस जारी छ ।

महिला सांसदहरुले पनि यो प्रकरणमा सत्य, तथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् । रावलले निवर्तमान सभामुख कृष्णबहादुर महराको यौनकाण्डबारे पनि महरा र पीडित भनिएकी महिला कर्मचारी रोशनी शाही दुवैमाथि अविलम्ब अनुशन्धान गरि कारवाही गर्नुपर्ने धारणा राखेका छन्।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । उनले समाजलाई सभ्यतापूर्ण वातावरणतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले उक्त घट्नाको सत्य, तथ्य पत्ता लगाएर उचित कुरा बाहिर ल्याउनुपर्नेपनि बताए ।

रावलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको आरोप लगाएका छन् । नेता रावलले यस्तो बताएका हुन् । उनले अब नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नेपनि खुलासा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot