Logo

डा. केसीको अनसन यात्रा : २०६९ देखि २०७६ सम्म



काठमाण्डौ । शान्तिपूर्ण सत्याग्रहबाटै सरकारलाई दबाब दिन सकिन्छ भन्ने मान्यता स्थापित यदी कसैले गराएको छ भने त्यो डा. गोविन्द केसी नै हुन । सडक आन्दोलन, ढुंगामुडा र तोडफोडको आधारमा आन्दोलन गर्दै आएका राजनीतिक दलरुहरुप्रति दिक्क भएका जनता केसीको अनसनप्रति सकारात्मक देखिदै आएका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर वि.स. २०६९ असारबाट अनसन सुरु गरेका डा गोविन्द केसी १७ औ अनसनको तयारीमा छन् ।

पटक–पटक अनसन बस्दै सरकारसँग विभिन्न सम्झौता गरेका डा. केसी सरकारले आफैँले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पटकपटक अनसन बस्दै आएका छन् । माथेमा प्रतिवेदन कार्यान्वयनको माग गर्दै अनसन थालेका उनको मागको हालसम्म सुनुवाई भएको छैन । यसअघि १६ पटक अनसन बसीसकेका उनी अव १७ औ अनसनको तयारीमा छन् । त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकासप्राप्त उहाँले अब कहाँ अनशन बस्छन् भन्नेबारे खुलाएका छैनन् ।

डा. केसीले पहिलो अनसन २०६९ असार २१ देखि २४ सम्म बसेका हुन् । उनले अनसन सुरु गर्दा सरकारको नेतृत्व डा. बाबुराम भट्टराईले सम्हालेका थिए । डा. भट्टराईको पालामा १ पटक अनसन बसेका उनी २०६९ साउन २७ गतेदेखि भदौ १ गतेसम्म फेरि अनसन बसेका थिए ।

त्यस्तै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी हुँदा पनि उनी अनसन बसेका छन् । २०७० पुस २७ गतेदेखि माघ १० गतेसम्म अनसन बसेका उनी निश्चित सम्झौता गरी अनसन तोडेका थिए । पछि फेरि उनी २०७० माघ २५ देखि फागुन ३ गतेसम्म रेग्मीकै पालामा अनसन बसे ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा डा. केसी ३ पटक अनसन बसेका छन् । २०७१ फागुन ८ गतेदेखि १२ गतेसम्म, २०७२ भदौ ७ गतेदेखि २० गतेसम्म र २०७२ असोज २ गतेदेखि १२ गतेसम्म तत्कालीन प्रधानमन्त्री कोइरालाको पालामा उनी अनसन बसेका हुन् ।

त्यस्तै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि उनी अनसन बसेका थिए । हाल गत १६ असारदेखि जुम्लामा अनसनरत केसी ओली नेतृत्वकै सरकार हुँदा २०७३ असार २६ गतेदेखि साउन १० गतेसम्म अनसन बसेका थिए ।

त्यसैगरी २०७३ असोज १० गतेदेखि २२ गतेसम्म र २०७३ कात्तिक २८ गतेदेखि मंसिर १९ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला केसी अनसन बसेका थिए ।
त्यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी तीनपटक अनसन बसेका छन् । २०७४ साउन ९ गतेदेखि ३१ गतेसम्म, २०७४ असोज ९ गतेदेखि ११ गतेसम्म र असोजमा पनि अनसन बसेका थिए ।

डा. केसी इलाम पुगे र सहमति कार्यान्वयनको माग गर्दै २४ चैत २०७५ मा १६ औं आमरण अनसन सुरु गरे । यो पटक उनका लागि झन प्रतिकुल भयो । उनको अनसनको विरोधमा अनसन सुरु भयो, विरोधमा सडकमा प्रदर्शन भयो । सरकारले कुनै सहमति गरेन । चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट समेत पास भएपछि नागरिक अगुवाहरुको आग्रहमा उनले २४ औं दिन (१८ माघ २०७५) मा एकतर्फी रुपमा अनसन तोडे । त्यसपछि पनि डा. केसीले विधेयक सच्याउन र चिकित्सा शिक्षा क्षेत्रका विषयमा खबरदारी गर्न छाडेका छैनन् ।

अव १७ औ अनसनको तयारीमा रहेका डा. केसीले त्रिवि शिक्षण अस्पतालको सेवाबाट सोमबार अवकासप्राप्त भएका छन । जेजे माग अघि सारेर केसी अनसशन बस्दै आएका छन्, त्यसबेला जनसमर्थन प्राप्त हुने गरेको छ । जसले गर्दा केसीको हरेकपटकको अनसन सरकारका लागि टाउको दुखाईको विषय हुने गरेको छ । यसपटक केसीले अनसन सुरु गर्नुअघि नै सरकारले माग पूरा गर्छ वा १६ औँ अनसन सुरु हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot