Logo

महरा र रोशनीको बयानको भरमा जर्बजस्ती पुष्टि नहुने; प्रमाण के ?



रिपोर्टर्स नेपाल, २८ असोज । रोशनी शाहीमाथिको जर्बजस्ती अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अदालती प्रक्रियाले गति लिने भएको छ । अदालतको अनुमतिमा प्रहरीले पक्राउ पूर्जी जारी गरी सभामुखको सरकारी निवासबाट १९ असोजमा पक्राउ परेका महरा प्रकरणमा को दोषी र को निर्दोष हुने प्रहरीले अदालतमा पेश गर्ने अनुसन्धान रिपोर्ट, कानुन व्यवसायीको बहसपछि न्यायाधीशले गर्ने फैसलाले निक्र्यौल गर्नेछ ।

महरालाई र्पुपक्षका लागि थुनामा राखिने या धरौटीमा रिहा गरी मुद्दा चल्ने विषय पनि छिट्टै टुंगो लाग्नेछ । भीआइपीको पक्राउ र घटनामा जोडिएका विषय जटिल बन्नुले को दोषी भन्ने फैसला आउन समय लाग्न सक्छ ।

अहिलेसम्म बाहिर आएका विषय बयानमा आधारित छ । रोशनीले जर्बजस्तीको अभियोग लगाएको देखि घटनाक्रम केलाउँदा उनको भनाई बदलिएको छ । अब अदालतमा उनी कसरी प्रस्तुत हुन्छिन् त्यसले मात्र फैसला प्रभावित हुन सक्दैन । उनले आरोप लगाएको भरमा घटना पुष्टि हुनसक्दैन । उनले आरोप फिर्ता लिएर महराको बचाऊ गर्दैमा पनि जर्बजस्ती नभएको पुष्टि हुन सक्दैन । यसकारण अब घटना बयानमा भन्दा दसी प्रमाणमा केन्द्रित हुनसक्छ ।

जर्बजस्तीको जाहेरी दिने रोशनीको स्वास्थ्य परीक्षण भएको छैन । यसकारण पनि घटनाको मुख्य प्रमाण मेटिइसकेको छ । जर्बजस्ती भए नभएको स्वास्थ्य परीक्षणबाट पनि प्रमाणित हुनसक्छ । अब त्यो बाँकी रहेन ।

घटनास्थलमा प्रहरीले के के प्रमाण फेला पार्यो त्यो खुलेको छैन । अब सबै अदालतमा प्रमाणका रुपमा पेश गर्नेछ । घटनास्थलमा भाँच्चिएको भनिएको चश्मा महराको हो होइन ? यदि हो भने भाँच्चिएको बाँकी टुक्रा कहाँ छ ? महराले चश्मा भाँच्चिएको भनेपनि चश्मा लगाएकै अवस्थामा पक्राउ परे । जुन उनलाई प्रहरीले पक्राउ गरी लाँदा समेत देखिन्थ्यो ।

रोशनीले आफूमाथि कुटपिट भएको भनेकी थिइन् । कुटपिट भएको भए त्यसको स्वास्थ्य परीक्षण भएको खोई ?
रोशनीले महराले रक्सी पिएको गिलास देखाएकी थिइन् । महराले रक्सी पिएको भए त्यसको फिंगर प्रिन्ट लिएको छ कि छैन ? छ भने त्यो महरासँग मिल्छ कि मिल्दैन ?

महरा रोशनीको कोठासम्म पुगेको भिडियो फुटेज नै प्रहरीसँग रहेको बुझिएको छ । त्यही फुटेल हेरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन लगाएका थिए भन्ने खबर बाहिर आएको छ । फुटेजले महरा कोठासम्म पुगेको भन्ने देखाउँछ । त्यसैका आधारमा मात्र पनि जर्बजस्ती पुष्टि हुँदैन ।

जर्बजस्ती पुष्टि हुने धेरै प्रमाणहरु नष्ट गरिएका छन् या प्रमाण संकलन गर्ने तत्परता देखिएको छैन । यो घटनामा महरालाई पदबाट हटाउने र चारित्रिक रुपमा कमजोर सावित गर्ने लक्ष्य मात्र देखिनथालेको छ । उनको जर्बजस्ती अभियोग पुष्टि हुने दसी प्रमाणहरु संकलनमा उदासिनता देखिइसकेको घटनाक्रमले पुष्टि गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot