Logo

मन्त्रिमण्डल पूनर्गठनबारे हल्ला चलेको हो, तत्काल केही पनि हुँदैन् : प्रधानमन्त्री ओली (भिडियोसहित)



काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राष्ट्रिय सहमतिको दिशातर्फ अघि बढेको बताए । बुधबार राति प्राईम टाईम्स टेलभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले पनि देशभरि नै एकताको सन्देश प्रवाह गरेको स्पष्ट पारे । उनले भने,‘यो विविधतामा एकता भएको देश, बहुजातीय, बहुभाषीय, बहुभौगोलिक, बहु आस्था छ, सहिष्णुता छ । हाम्रा चाडवाडहरुले मित्रता र सहअस्तित्व सिकाएका छन् । त्यसैअनुसार फराकिलोपनका साथ राष्ट्रिय मेलमिलाप, र एकताका साथ राष्ट्र निर्माणका काममा अगाडि बढ्नुपर्छ भन्ने सन्देश यस चाडले दिन्छ । र, मेरो आग्रह र सबैसित शुभकामना पनि त्यही हो ।’

मुलुकमा यतिवेला राष्ट्रिय सहमति बनेको पनि उनको दाबी छ । उनले भने,‘कुनै असहमति हुनुपर्ने कारण नै छैन् । यहाँ लोकतन्त्र छ । विधिको शासन छ । आफूले छानेको निर्वाचित सरकार छ ।’ उनले मुलुकमा विद्यमान सबैखालका भ्रष्टाचार र अनियमितताहरु अब छिट्टै अन्त्य हुने दाबी गरे । उनले मन्त्रिमण्डल पूनर्गठन हुने चर्चा चलेको भएपनि तत्काल पूनर्गठन नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot