Logo

“इकु” को निर्देशनमा “ब्ल्याक बोर्ड”



हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’ बाट ‘इकु’ को परिचय बनाएका सुलेमान शंकरले चलचित्र बनाउने भएका छन् । सुलेमानले चलचित्र “ब्ल्याक बोर्ड” बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले भरतपुरमा पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा निर्माण घोषणा गरेका हुन् । चलचित्रको प्रस्तुतकर्तामा अर्जुन सापकोटा र सर्वाणी पाण्डे रहेका छन् ।

चलचित्र बाल मनोविज्ञानमा आधारित हुनेछ । निर्देशनमा होमिन लागेको सुलेमानले नेपाली समाजमा अभिभावकले आफ्नो सन्तानको हेरविचार गर्न नसक्दा उत्पन्न हुने समस्या र समाधानका उपायहरुको खोजी चलचित्रमा देखाइने जनाए । उनले चलचित्रलाई उत्कृष्ठ बनाउने दाबी गरेका छन् । चलचित्रमा सरोज खनाल, निर्मल शर्मा, शिशिर भण्डारी, अशु न्यौपाने, भेषराज गौतम, बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया र रक्षा कँडेलको पनि अभिनय रहनेछ ।

माइकल घिमिरे र सुदिप आत्रेयले लेखेका कथालाई सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको छ । निर्माता अर्जुन सापकोटाले चलचित्र प्रदर्शनभन्दा अगाडि शैक्षिक संस्था र विदेशमा च्यारिटी शो गरिने जनाए । चलचित्रको छायांकन काठमाडौं, चितवन र नवलपरासीमा हुने जनाइएको छ । चलचित्रमा किरण माइकल घिमिरेको संगीत रहनेछ ।

सम्मान कँडेल, निरभिङण घिमिरे, सुरेश कँडेल र सरला पाण्डे निर्मातामा रहेका उनीहरुलाई प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कँडेलले लगानीमा सघाउनेछन् भने जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहनेछन् ।Photo Source: Filmykhabar



प्रतिक्रिया दिनुहोस्