Logo

अमेरिकाले नेपालविरुद्व गम्भीर कदम चाल्ने संकेत



काठमाडौं, कार्तिक २१ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पिधुरा क्षेत्रलाई भारतमा गाभेर नक्सा सार्वजनिक गरेलगत्तै देशव्यापी रुपमा भारतविरुद्व आन्दोलनको लहर सुरु भएको छ । भारतको नक्सा सार्वनिक हुन र अमेरिकाले नेपालको सुरक्षा सम्वन्धमा प्रश्न उठाएर प्रतिवेदन सार्वजनिक गर्नु संगसंगै भएको छ ।

इन्डो प्यासेफिक रणनीति अन्तर्गत मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को प्रोजेक्ट नेपालमा सञ्चालन गरिहेको अमेरिकाले नेपालाई आफ्नो इशारामा हिँडाउन प्रयास गरिरहेको छ ।

एकातर्फ नेपालमा एमसीसीको आर्थिक सहयोगका नाममा आफ्नो योजना सफल पार्न खोजको अमेरिकाले अर्काेतर्फ नेपालको सुरक्षा प्रणालीलाई कमजोर चित्रित गर्दे हस्तक्षेप गर्ने मनसाय देखाएको छ ।

अमेरिकालको मनासाय पुष्टि गर्ने किसमले उसको स्टेट डिपार्टमेन्टले तयार पारेको कन्ट्री रिपोर्ट्सअन टेररिज्म २०१८ सार्वजनिक भएको छ । प्रतिवेदनको नेपाल शिर्षकमा यहाँको सुरक्षा व्यवस्था कमजोर र लापरबाहीपूर्ण रहेको अमेरिकाले दाबी गरेको छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा विमानबाट उत्रिने यात्रुको चेकजाँच लापरवाहीपूर्ण हुने गरेको तथा भारतसंगको सीमामा थोरै र नाम मात्रकै चेकजाँच हुनाले नेपालमा आंतकबादीको खतरा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा भारतीय मुजाहिद्दिन लगायतका आंतकबादीको सक्रियता नेपालमा देखिएको भन्दै अमेरिकाले चिन्ता जनाएको छ । सो समुह सन् २००५ देखि भारतका विभिन्न ठाँउमा विस्फोट गराई सयौंको ज्यान लिने आंतकबादी समुहको रुपमा रहेको उल्लेख गर्दे यसको नेपालमा भईरहेको गतिविधिबारे अमेरिकले सतर्क गराएको हो ।

यद्यपी नेपालले भने आफ्नो बलियो सुरक्षा व्यवस्थाकै कारण विश्वमौ ख्याती कमाउदै आएको छ । सयुक्त राष्ट्र संघको शान्ति सेनामा नेपाली सुरक्षाकर्मीको भूमिका लोभलाग्दो नै पृष्टि भइसकेको छ । नेपाली सुरक्षाकर्मीको कामलाई देशका जनाताले प्रशंसा पनि गर्दे आएका छन् ।

अमेरिकाले नेपालको शान्ती सुरक्षाको मामिलामा यस्तो प्रश्न उठाउनुको पछाडी नेपाललाई चीनविरोधी गतिविधि केन्द्रका रुपमा विकसित गर्न चाहेको भन्ने कुरा बुझ्न सकिन्छ । आजको जनाधारणा साप्ताहिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot