Logo

भक्तपुरमा दुईजना उम्मेदवारको दर्ता खारेज



भक्तपुर, कार्तिक २२ । मंसिर १४ गते हुने भक्तपुर १ क प्रदेशको उपनिर्वाचनको लागि बिहीबार नाम दर्ता गराएका दुईजनाको उम्मेदवारी बदर भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका डिल्लीप्रसाद चौलागाईंको उम्मेदवारी दर्ता बदर गरिएको हो।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश जगतनारायण श्रेष्ठले लामिछाने र चौलागाईंको उम्मेदवारी बदर भएको जानकारी दिए। लामिछाने र चौलागाईंको नाम गएको प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीमा भएको देखिएकाले उनीहरुको उम्मेदवारी दर्ता बदर गरिएको उनले बताए।

अघिल्लो निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन पाउँदैन।आजको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot