Logo

“घामड शेरे” र “जीवन काँडा कि फूल” को भिडन्त



हेमराज विसी निर्देशित चलचित्र “घामड शेरे” र सहित्यकार झमक घिमिरेको बायोपिक चलचित्र “जीवन काँडा कि फूल” २२ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आएको छ । चलचित्र “घामड शेरे” ८ कात्तिकबाट सरेर “जीवन काँडा कि फूल” सँग एकैसाथ प्रदर्शनमा आएको हो । यो दिन चलचित्र “लभ यू हमेशा र सरौतो” पनि प्रदर्शनमा आउने भएको थियो । तर, “घामड शेरे” को प्रदर्शन मिति सरेपछि यी चलचित्रहरुले आफ्नो प्रदर्शन मिति सारेका हुन् ।

निर्देशक हेमराज युवापुस्तालाई मनपर्ने प्रेमकथामा चलचित्र बनाउन सिपालु मानिन्छ । ८ कात्तिकमा मल्टीप्लेक्सहरुले बलिउड चलचित्र “हाउसफुल ४” का कारण अपेक्षाभन्दा कम सोज बाँडेपछि “घामड शेरे” को प्रदर्शन मिति निर्माण टिमले सारेको थियो । यो चलचित्रलाई नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र २९ सोज प्रदान गरेको छ भने अन्य मल्टीप्लेक्समा पनि चलचित्रले राम्रो सोज हात पारेको छ । निर्माण टिमले देशभर चलचित्रले ८० बढी हल पाएको जनाएको छ ।

कुनै पनि स्टारकास्ट नभएका कारण “जीवन काँडा कि फूल” ले कुनै मल्टिप्लेक्समा सोज पाएको छैन । दुई दर्जन बढी सिंगल थिएटरबाट चलचित्र प्रदर्शनमा आएको जनाइएको छ । साहित्यकार झमक घिमिरेको बाल्यकालदेखि हालसम्मको अरोह–अवरोहलाई प्रस्तुत गरेको यो चलचित्र झमक स्वंमले लेखेको पुस्तक ‘जीवन काँडा कि फूल’ माथि आधारित छ । चलचित्रलाई विनोद विष्ट निर्देशन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot