Logo

चलचित्र वितरक बनें ‘पासवर्ड’ निर्माण कम्पनी



भारतीय अभिनेत्रीलाई चलचित्रमा ल्याएको विषयमा निकै चर्चा कमाएको चलचित्र “पासवर्ड” निर्माण गरेको कम्पनीले चलचित्र वितरणमा गर्ने भएको छ । कम्पनीले २७ कात्तिक एक विज्ञप्तीमार्फत यस विषयमा जानकारी गराएको हो । ए.वि इन्टरनेशनल प्रा.लिले नेपाली र हिन्दी चलचित्र नेपाल र विदेशमा वितरण गर्न लागेको छ ।

नेपाली फिल्ममा बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स भएको कारण “पासवर्ड” चर्चामा रहेको थियो । कम्पनीका प्रबन्ध निर्देशक अजित केआर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा ए.वी इन्टरनेशनलले नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा अब चलचित्र वितरण गर्ने जनाइएको छ ।

विज्ञप्तीमा २९ कात्तिक रिलिज हुने बलिउड चलचित्र “मरजावा” नेपालमा वितरणको जिम्मा लिएर औपचारिक रुपमा वितरकका रुपमा समेत पाइला चलेको पनि कम्पनीले उल्लेख गरिएको छ । कम्पनीले वर्षमा दुईवटा चलचित्र निर्माण गर्ने विषय पनि विज्ञप्तीमा समावेश गरेको छ । विज्ञाप्तीमा कम्पनीले वर्षमा दुईवटा स्तरी चलचित्र निर्माण गरेर चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने आफ्नो उद्देश्य रहेको जनाएको छ । नेपाली फिल्मको विकासका लागि चालेको यो कदममा फिल्मकर्मीबाट साथ र सहयोग मिल्नेमा कम्पनीको विश्वास छ ।

कम्पनीले निर्माण गरेको दोस्रो चलचित्र “सम्हालिन्छ कहिले मन” प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ । यस वर्षको अन्तिमसम्म चलचित्र रिलिज हुने जनाइएको छ । ए.वी इन्टरनेशनलले चाँडै अभिनेत्री सन्नी लियोनीलाई लिएर बलिउड फिल्म पनि बनाउँदैछ । Phot Source: FilmyKhabar



प्रतिक्रिया दिनुहोस्