Logo

२१ महिनामा २१ असफलता



काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि आरोपमाथि आरोप लगाएको छ । उसले ओली सरकारको २१ महिनामा २१ खोट लगाएको छ । मंगलबार अपरान्ह पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन कांग्रेसले यस्तो खोट लगाएको हो ।  पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारका २१ खोट देखाउँदै उपनिर्वाचनमा कांग्रेसलाई भोट दिनुपर्ने तर्कहरु पनि पेश गरेका हुन् । शर्माले सरकारलाई सच्चिन दबाब दिनका लागि उपनिर्वाचनमार्फत् मतदातालाई अवसर मिलेको पनि बताए । उपनिर्वाचन मतदाताका लागि अवसर हो भन्दै उनले २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकार अहिलेकै जस्तो हो त भन्ने प्रश्न गरे ।

नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भएको आरोप लगाउँदै प्रवक्ता शर्माले कांग्रेस रहेसम्म त्यस्ता सपना पूरा हुन नदिने दृढता व्यक्त गरे । उनले भने, ‘अधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ । कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्न दिने छैनौं’ ।

कम्युनिष्ट सरकारको २१ महिनामा २१ असफलता

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

संबन्धित:

 

 

सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, मन्त्रीहरु हट्ने !



प्रतिक्रिया दिनुहोस्

Screenshot