Logo

एथ्लेटिक्समा सन्तोषीलार्ई ऐतिहासिक स्वर्ण



काठमाण्डौँ १७ मंसिर । १३ औँ दक्षिण एसियाली ख्लकुद (साग) अन्तरगत एथ्लेटिक्समा नेपालको तर्फबाट सन्तोषीले स्वर्ण पदक जितेकी छिन् । मंगलबार भएको १० हजार मिटर दौडमा सन्तोषीले ३५ मिने सात दशमलब ९४ सेकेण्डमा पार गरेर स्वर्ण जितेकी हुन् ।

एथ्लेटिक्समा नेपालको यो ऐतिहासिक स्वर्ण पदक हो । यसअघि सन् २००६ मा श्रीलंकामा भएको साग अन्तरगत प्रतियोगितामा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा रजत पदक हात पार्न सफल भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot