Logo

साँचो मित्र र मित्रता कायम राख्ने नियमहरु



रगतको नाता भन्दा भावनाको नाता नै प्यारो हुन्छ । अन्य नाता भन्दा साथीको नाता सबैभन्दा फरक र राम्रो पनि हुन्छ । हरेक मानिसको जीवनमा एउटा असल साथीको महत्वपुर्ण भुमिका रहन्छ । जीवनको हरेक सुख दुख मा नै साथी नै चाहिन्छ । कसैसंग भन्न नहुने कुरा एउटा असल मित्रसंग नै गरिन्छ । चिनजान भएको वर्षैवर्ष हुदा पनि हामीलाई ख्याल नै हुदैन की हामीले एउटा राम्रो साथीको भूमिका निभाउन सकेका छौ की छैनौं ।

मित्रको खुशीमा खुशी

यो सबै सम्बन्धमा लागु हुन्छ तर धेरै साथीमा बढी लागू हुन्छ । यदी साथीको जीवनमा कुनै खुशी प्राप्त गर्छ भने तपाइले पनि खुशी महसुुुस गर्नैपर्छ । साथीको खुशीमा रमाउनु भएको छैन भने तपाई ईश्र्यालु  हुनुहुन्छ । ईष्र्यालु हुनुहुन्छ भने असल साथी बन्ने प्रयास गर्नुहोस् ।

राम्रो श्रोता हुनुहोस्

मित्रहरु बीचको सम्बन्ध औपचारीक हुदैन र प्राय हामी साथीहरुसंग नै खुशी वा दुख बाँड्न चाहान्छौं । कसै न कसैलाई मनको कुरा भन्नुपर्छ , यसैले राम्रो साथी त्यो हो जसले आफ्नो साथीको दुख सुख सबै बुझ्छ र सहयोग पनि गर्छ । सच्चा साथीले हाम्रा त्रुटीहरु ऐनामा जस्तै देखाइदिन्छन् ।

सकरात्मक सोच

सधै सकरात्मक हुनुहोस्, तपाई सकरात्मक हुनुभयो भने साथीहरुले पनि सर्मथन गर्दछन् । संगतको प्रभावले हाम्रो जविनमा गहिरो प्रभाव पारेको हुन्छ । काम गर्दा पनि राम्रो कम्पनि खोज्नु पर्दछ । राम्रो सोच भएका साथीहरु छनोट गर्नुपर्छ, जसले हाम्रो चरित्रमा सकारात्मक भुमिका खेल्न सकोस् । गलत कम्पनि र साथीले हामी आफैलाई समस्या सृजना गर्दछौ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot