Logo

सरकारी जग्गामा यतीको साम्राज्य



काठमाडौं, ७ पुस । राजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा निधन भइसकेकाको परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ।

शेर्पा परिवारले सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौंको गोकर्ण रिसोर्ट, नेपाल ट्रस्ट, पाथीभरालगायतको सरकारी जग्गा व्यापारिक प्रयोजनका लागि लागि लिएको छ। राजनीतिक प्रभाव र पहुँचमा पारेर यो परिवारले नारायणहिटी दरबारभित्र समेत रेस्टुरेन्ट खोल्ने प्रयत्न गरेको छ। राज्य संयन्त्रको आडमा यो परिवारले व्यापारका नाममा गरिरहेका अस्वाभाविक कार्यको अहिले आलोचना भइरहेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जको ५२ रोपनी जग्गालाई सर्वोच्च अदालतले आङछिरिङ शेर्पालगायतको नाममा कायम गरिदिएपछि शेर्पा परिवारले त्यो ठाउँमा कोङ्दे–भ्यू रिसोर्ट प्रालि चलाइरहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ साल असार २३ गते उक्त जग्गा सरकारका नाममा ल्याउन मालपोत कार्यालय सोलुखुम्बुलाई निर्देशन दिएको थियो। त्यसैका आधारमा सोलुखुम्बु मालपोतले शेर्पा परिवारको नाममा आएको जग्गाको दर्ता बदर गरी, नेपाल सरकारको नाममा पुर्जा बनाई लगत कट्टा गर्ने निर्णय गरेको हो। मालपोतले गरेको निर्णय बदर गर्न जिल्ला अदालत जाने बाटो छोडी शेर्पा परिवार रिटमार्फत सर्वोच्च अदालत गएको थियो। मालपोत ऐन, २०३४ को दफा २४९२० मा सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरेमा स्वतः बदर हुने अवस्था छ। शेर्पा परिवारले कागजात किर्ते गरी राष्ट्रिय निकुञ्जभित्रको जग्गा आफ्नो स्वामित्वमा ल्याएको आरोप लाग्दै आएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पनि तत्कालीन मालपोत प्रमुख भीमबहादुर सम्बाहाम्फेको हस्ताक्षरसँग मिल्दैन भनेर प्रतिवेदनसमेत पेस ग(यो। तर सर्वोच्च अदालतले मालपोत ऐनको उक्त दफालाई नै निष्क्रिय पार्नेगरी राष्ट्रिय निकुञ्जको सरकारी जग्गा शेर्पा परिवारको नाममा रहने फैसला गरेको देखिन्छ। शेर्पा परिवारले सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौंको गोकर्ण रिसोर्ट, नेपाल ट्रस्ट, पाथीभरालगायतको सरकारी जग्गा व्यापारिक प्रयोजनका लागि लागि लिएको छ। राजनीतिक प्रभाव र पहुँचमा पारेर यो परिवारले नारायणहिटी दरबारभित्र समेत रेस्टुरेन्ट खोल्ने प्रयत्न गरेको छ। राज्य संयन्त्रको आडमा यो परिवारले व्यापारका नाममा गरिरहेका अस्वाभाविक कार्यको अहिले आलोचना भइरहेको छ।

विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जको सम्पत्ति व्यक्तिका नाममा दर्ता भएको र त्यस्तो संवेदनशील ठाउँमा रिसोर्ट सञ्चालन गरेकाले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सगरमाथालाई विश्वसम्पदा सूचीबाट हटाउन सक्ने खतरा रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी जग्गा व्यक्तिका नाममा गएको भन्दा पनि युनेस्कोले समरमाथा राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीबाट हटाएको खण्डमा राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्नेमा उनीहरू चिन्तित छन्।

नारायणहिटी भाडामा दिन चलखेल
यतीको भगिनी कम्पनी थामसेर्कुलाई नारायणहिटी दरबार संग्रहालयको केही भाग रेस्टुरेन्ट चलाउन भाडामा दिने चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतको भनाइ छ। नारायणहिटी दरबार संग्रहालय विस्तारको गुरुयोजनामा संग्रहालयभित्र रेस्टुरेन्ट र अन्य प्रयोजनका लागि भाडामा लिन आङछिरिङले जीवित छँदा लबिङ गर्दै आएको स्रोत बताउँछ। ‘थामसेर्कुले संग्रहालयभित्रको लमजुङ कक्ष र आसपासको केही भागमा रेस्टुरेन्ट चलाउनेगरी सरकारसँग मागेको छ,’ स्रोतले भन्यो, ‘थामसेर्कुकै जोडबलमा संग्रहालयलाई विकास समितिमा लगिएको छ, संग्रहालय विस्तारको गुरुयोजना तयार भइरहेको र त्यही विकास समितिमार्फत कार्यान्वयन गर्न खोजिएको छ।’ लमजुङ कक्षमा तत्कालीन राजपरिवारले विदेशी पाहुनालाई रात्रि भोज दिने प्रचलन थियो। थामसेर्कुले संग्रहालय अवलोकन गर्न आउनेबाट ठूलो आम्दानी हुने देखेपछि योजनाबद्ध ढंगले भाडामा लिन खोजेको स्रोतको दाबी छ। नारायणहिटी दरबार संग्रहालय विकास समितिको कार्यकारी निर्देशकमा भेषनारायण दाहाललाई नियुक्त गरिसकिएको छ।

नारायणहिटी दरबार

यती ग्रुपले पर्यटन मन्त्रालयअन्तर्गतकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जग्गा पनि हत्याउन चलखेल गरिरहेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन्। सशस्त्र प्रहरीको भ्याली गणलाई विस्थापित गरेर उक्त ठाउँमा होटल सञ्चालन गर्न यती समूहले पहिलादेखि नै प्रयास गर्दै आएको थियो। ९८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा अहिले पनि यतीले सशस्त्र प्रहरी गणलाई त्यहाँबाट हटाएर, लिजमा लिई होटल सञ्चालन गर्ने पर्यटन मन्त्रालयमार्फत चलखेल गरिरहेको प्राधिकरण स्रोतको भनाइ छ।

लुम्बिनीमा आङछिरिङ गुम्बा
लुम्बिनीमा आङछिङिको नाममा गुम्बा बनाउन सरकारी उच्चअधिकारीहरू नै लागिपरेका छन्। लुम्बिनी विकास कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा लुम्बिनीमा आङछिरिङको नाममा ‘आङछिरिङ शेर्पा गुम्बा’ बनाउन जग्गा उपलब्ध गराएको कोष स्रोतले बतायो। उनको नाममा गोन्पा गुम्बा बनाउन कोषले १४ रोपनी जग्गा उपलब्ध गराएको छ। शेर्पाको नाममा बन्न लागेको गोन्पा भवनको प्रधानमन्त्री ओलीले गत जेठमा नै शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पर्यटन, होटल र हवाई क्षेत्रमा शेर्पाका अतुलनीय योगदान रहेको भन्दै प्रशंसा गरेका थिए।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्