Logo

सम्बन्धबिच्छेदपछि रामकृष्ण ढकालको स्टाटस : हाम्रो बन्धन कहिल्यै मर्दैन



काठमाण्डौ । गायक रामकृष्ण ढकाल र निलम शाहबीच सम्बन्ध विच्छेद भएपछि सामाजिक संजालमा धेरैले प्रतिक्रिया व्यक्त गरेका छन् । प्रतिक्रिया दिने अधिकांशले गायक ढकाललाई सान्त्वना दिँदै निलममाथि आक्रोष पोखेका छन् ।

अधिकांशले गायक ढकाल अप्ठ्यारोमा परेका बेला श्रीमतीले साथ दिनुपर्नेमा सम्बन्ध विच्छेद गरेको भन्दै आलोचना गरेका हुन् । सम्बन्ध विच्छेदको समाचार आएसँगै सामाजिक संजाल फेसबुकमा यस्तो प्रतिक्रिया आएको हो ।

यसैबीच सम्बन्धविच्छेदपछि ढकालले आफ्नो फेसबुक पेजमा निलमसँगको रोमान्टिक तस्विर राख्दै आफूहरुबीचको बन्धन नटुटेको उल्लेख गरेका छन् ।

“अरुले जेसुकै भनुन्, हाम्रो बन्धन कहिलै मर्दैन ।” ढकालले लेखेका छन् । उनको यो स्टाटसमाथि सयौँले प्रतिक्रिया दिएका छन् । जहाँ निलमको तिब्र आलोचना गरिएको छ ।

स्टाटस र प्रतिक्रिया यहाँ हेर्न सक्नुहुनेछ :

धेरैले रामकृष्ण ऋणमा डुबेका बेला श्रीमतीले छोडेको तर्क गरेका छन् । घर किन्दा एक सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि ढकालको घर लिलामी भएको थियो । घर लिलामीपछि पनि उक्त सहकारीले ऋण चुक्ता नभएको भन्दै ताकेता गरिरहेको छ । केही समयअघि ढकालले सहकारीले आफूलाई अन्याय गरेको गुनासो गरेका थिए ।

ढकाल दम्पत्तिको आजै सम्बन्धविच्छेद भएको थियो । पत्नी निलमले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।

निलमले अंश नलिने गरी मिलापत्र भएको हो । ढकाल दम्पत्तिको एउटी छोरी रानी भने अब आमासँग रहने भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot