Logo

आठ वर्षीय बालकको ६२ वर्षीया पाँच सन्तानकी आमासँग विवाह



कम्तिमा विवाह गर्ने जोडीको उमेर केही महिना अथवा वर्षको फरक हुँदा राम्रो हुन्छ । अफ्रिकामा एउटा गजबको विवाह भएको छ । आठ वर्षका बालक सानेलेले शाबानगुले आफ्नो हजुरआमा समानकी ६२ वर्षीया महिलासँग विवाह गरेका छन् । यी महिलाको अर्को श्रीमान् तर्फको बच्चा पाँच वटा रहेका छन् । जसको उमेर २८ देखि ३८ वर्ष उमेरका छन् ।

एक वर्ष अघि विवाह भएका उनीहरुको वैवाहिक जीवन चलिरहेको छ । शाबानगु र मैसिलेलाको विवाह चलिरहेको छ । यी दुईको विवाह दक्षिण अफ्रिकाको स्नान भन्ने स्थानमा भएको थियो ।

ती बालक सानेलेले शाबानगुको हातमा सयांै व्यक्तिहरुको अगाडी औंठी लगाइदिएका थिए । सानेलेको अभिभावकले उक्त विहे उसको हजुरबुबाको अन्तिम इच्छा अनुरुप भएको जवाफ दिएकी थिइन् । आफ्नो नातीको विवाह गराउने हजुरबाबुको इच्छा भएकोले बिहे गरिदिएको बालककी आमाले बताएकी थिइन् ।

यो विवाह बाध्यताले गराउनु परेको सानेलेको आमाले बताएकी छिन् । सानलेकी हजुरआमाले नातीको विहे नगरे घरमा केहि न केही नराम्रो घटना घट्न सक्छ भनेकाले परम्परा धान्नको लागि विवाह गरिएको जनाइएको थियो । अन्धविश्वासका कारण यो अनमेल विवाह भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot