Logo

८१ वर्षको उमेरमा यीनले बनाए आइफोन एप



सिक्नलाई खास उमेर चाहिदैन । मनमा सिक्ने इच्छा हुनुपर्छ । यहाँ ८१ वर्षीया महिलाले आइफोन एप बनाएकी छिन् । झन अचम्म त यो हो की उनले कम्प्युटर ६० वर्षमा चलाउन सिकेकी थिइन् । यी महिलाले ४३ वषर््ा जापानी बैंकमा सेवा गरेकी थिइन् ।

पुर्व बैंकर मसाको वाकामियाले ६० वर्षमा कम्प्युटर सिकेर आइफोन एप बनाउनाले पूरै जिन्दगी नै कायलपटल भएको जानकारी दिएकी छिन् । इन्टरनेटको दुनियाको हिस्सा बनी मसाकोले वृद्ध मानिसको लागी एप बनाएर चर्चा बटुलेकिछिन् । यो एपले जापानको पारम्पारीक गुडिया राख्नको लागि सही तरिका बताएको छ ।

उनले अहिले युवाहरुको धेरै उपयोगी एप रहेकाले आफू जस्तै बृद्धहरुको लागी एप कम भएकाले आजको मोर्डन युगमा तमाम बृद्धहरुलाई कम्प्युटरको पहँच पर्याउनको लागि यो कदम उठाएको बताएकी छिन् । मसाकोले एउटा क्लब पनि संचालन गरेकी छिन् । उनको आफ्नै ब्लग पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot