Logo

बुढ्यौली रोकेर जवानी जगाइराख्ने आलु



सबै मानिस जवान बन्न चाहन्छन् । यसको तरिका पनि पत्ता लागेको छ । आफ्नो उमेर लुकाउनको लागि ब्युटिपार्लर गएर हजारौ खर्च गर्न नपर्ने भएको छ । आज हामी एउटा आलुको बारेमा जानकारी दिन्छौं । यसले बढ्दै गएको उमेरबाट जवान देखिनुका साथै रोगबाट समेत बचाउँछ ।

प्याजी रङको आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै र आँक्सिकरण निरोधक तत्व चार गुणा बढी हुन्छ । आँक्सिकरण निरोधक तत्वले बुढौलीपन रोक्नलाई सहयोग गर्दछ । रोगहरुबाट बचाउनको लागि पहिले आलुलाई रसायन हालेर टेस्ट ट्युबमा तयार गरी खेतमा लगाइने बताइएको छ ।

सामान्य आलुको तुलनामा यो आलुमा अरारोटको मात्रा धेरै कम हुने गर्छ । यसैकारण यसको रङ प्याजी हुने गर्छ । देख्दा यो चुकन्दर जस्तो देखिएपनि खाँदा आलुको स्वाद आउने गर्छ । प्याजी रङको यो आलु जंगली वा सामान्य आलुबाट बनाइएको हुन्छ । उमालेपछि यसको रङ धेरै चमकदार र प्याजी बन्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot