Logo

६७ वर्षकी महिला बनिन् सरोगेट मदर



आफ्नो बच्चाको खुशीको लागि आमा बुबाले के गर्दैनन् ? ६७ वर्षकी एक ग्रीसकी एक महिलाले आफ्नो छोरीको सन्तान सुखको लागि सरोगेट आमा बनेकी छिन् । यी महिलाले एक बच्चाको जन्म दिएकी छिन् ।

अनास्तासिया ओंटु यसकामका लागी विश्वकै बृद्ध महिला सरोगेट आमा बनेकी छिन् । अनास्तासियाको रेखदेखमा लागेका मेडिकलले साँढे सात महिनाको गर्भवती भएपछि उनले बच्चाको जन्म दिएकी थिइन् । उक्त बच्चीको तौल १.२ किलोग्राम रहेको छ ।

अनस्तासिया ओंटु आमा बन्दा भन्दा पनि हजुरआमा बन्न पाएकोमा अझ खुशी भएको बताएकी छिन् । उनले यो फैसला निकै ग्राहो थियो । आफ्नी छोरीको बच्चा नहुने पक्का भएपछि आफ्नो दिल टुटेको र छोरीको खुशीको लागी जोखिम उठाएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot