Logo

शल्यक्रिया गर्दा आगो लागेर बिरामीको मृत्यु



रोमानिया, पुस १६ । रोमानियाको एउटा अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ।राजधानी बूकरेस्टस्थित फ्लोर्‍यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरीरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो।

पछि चिकित्सकहरूले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिपेको थियो। शल्यक्रिया गर्न अचेत बनाएर राखिएको बेला उनको शरीरभरि आगो फैलियो।उनलाई प्यान्क्रीअस अर्थात् अग्न्याशयको क्यान्सर भएको थियो। उक्त घटना डिसेम्बर २२ मा भएको हो।

शरीर ४० प्रतिशत जलेकी ती महिलाको एक हप्तापछि अस्पतालमा मृत्यु भयो।प्रहरीले उनको मृत्युबारे छानबिन गर्न थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।मृतकको परिवारले आफूहरूलाई एउटा दुर्घटना भएको मात्रै भनिएको तर स्थिति कति गम्भीर थियो तथा के भएको थियो त्यसबारे विस्तृत विविरण नदिइएको रोमानियाली सञ्चारमाध्यमलाई बताए।रोमानियाका स्वास्थ्यमन्त्रीले उक्त दुस्खद घटनाको अनुसन्धान गरिने वचन दिएका छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot