Logo

चीनको निष्कर्षः अमेरिकाबाट सामरिक चुनौती, पश्चिमासँग वैचारिक द्धन्द्ध



२५ पौष । चीनले २१ औं शताब्दीको तेस्रो दशक शुरु भएलगत्तै सामरिक रुपमा चुनौतीपूर्ण हुने निष्कर्ष निकालेको छ । उसले चीनले पछिल्लो समय बढ्दो चुनौतीको सामना गरिरहेको भन्दै सँसारकै दोस्रो ठूलो अर्थतन्त्रका लागि अबको दशक कठिन हुने निष्कर्ष निकालेको हो ।

चीनको विदेश मामलाको आधिकारिक धारणा आउने गरेको ग्लोबल टाइम्स पत्रिकाले सम्पादकीयमार्फत् चुनौतीपूर्ण दशकबारे खुलाएको हो । उसले अमेरिकासँगको व्यापारको मामलामा बढी चुनौती देखेको छ । अमेरिकासँग चीनको आर्थिक प्रतिष्पर्धाले बेला बेलामा समस्या ल्याउने गरेको छ । चीन र अमेरिकाबीचको सम्बन्ध सबैभन्दा ठूलो चुनौती बन्ने उल्लेख छ ।

चीनले सँसारकै मुख्य शक्ति बन्न खोज्दा अमेरिकाबाट मुख्य सामरिक चुनौती देखेको छ । अर्कोतर्फ चीनमाथि छिमेकी देशहरुसँग कतिपय स्वार्थका कारण विवाद रहेको उल्लेख छ । तर, पश्चिमाहरुबाट वैचारिक द्धन्द्धको सामना गर्नुपर्ने अवस्था रहेको भनिएको छ । तर, दुश्मन नबनाई चीनको स्वार्थको रक्षा गर्ने उल्लेख छ । जतिसक्दो धेरै देशहरुसँग मित्रवत् सम्बन्ध बनाएर अगाडि बढ्न जोड दिइएको छ ।

ग्लोबल टाइम्सले २१ औं शताब्दीमा आर्थिक प्रतिष्पर्धा मुख्य अन्तर्राष्ट्रिय युद्धमैदान बेनको निष्कर्ष समेत निकालेको छ । चीनले जनताको जीवनस्तर उठाउने देखि आन्तरिक खपत वृद्धि गर्नुपर्नेमा जोड दिएको छ ।

चीन अगाडि बढिरहेको र त्यसमा केही थकान भएपनि महानतम काम गरिरहेको ग्लोबल टाइम्सले लेखेको छ ।- ग्लोबल टाइम्सको सहयोगमा Photo Source: Fairobserver



प्रतिक्रिया दिनुहोस्

Screenshot