Logo

बिरालोले दियो कुकुरको जन्म



चीनमा एक अचम्मको घटना घटेको छ । एक बिरालोले पाँच बच्चाको जन्म दिएको थियो तर एउटा भने कुकुरको बच्चा रहेको छ । यस घटनाले पुरै दनियाँ अचम्मित भएको छ ।

यस्तो प्राकृतिको लिला देखेर बिरालोका मालिकको पनि होश उडेको थिए । बिरालोले कुकुरको बच्चालाई जन्म दिन सम्भव नभएको जानकारहरु बताउँछन् । ७४ वर्षीय जिया वेनुआनले आफ्नो बिरालोलाई छिमेकीको बिरालोसंग भेट गराएका बताइएको छ । उक्त भेटको केही दिनपछि बिरालोले बच्चाको जन्म दिएको थियो ।

बिरालोको मालिकले घटनाको बारेमा अनुसन्धान गर्नको लागी वैज्ञानिकहरुलाई जिम्मा दिएका थिए । जियाले आफ्नो मिटिङको लागी साथीको घरमा बिरालोलाई छाडेका थिए । बिरालोलाई दुई दिनसम्म पिंजडामा थुनेर राख्दा पनि कसरी यस्तो आश्र्चय लाग्दो घटना भएकोमा वैज्ञानिकहरु छानविन गरिराखेका छन् ।



प्रतिक्रिया दिनुहोस्