Logo

भाइका कारण तनावमा निकी



हलिउड, माघ १७ । हलिउड गायिका निकी मिनाजले आफ्नो परिवारका सदस्यका कारण तनाव खेप्नु परेको हो।गायिका निकीका सहोदर भाइ जेलनी मराजलाई ११ वर्षीया एक नाबालिकाका साथ यौन शोषण गरेको आरोप लागेपछि हाल उनी तनावमा रहेकी छिन्।

यद्यपि उनले यसबारे कुनै प्रतिक्रिया भने दिएकी छैनन्। यौन शोषण गरेको आरोपमा जेलनीलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। लंग आइल्यान्डस्थित आफ्नै घरमा नाबालिकामाथि यौन शोषण गरेको ठहर गर्दै न्युयोर्क कोर्टका न्यायाधीश रबर्ट मेकडानल्डले सोमबार आरोपीलाई सजाय सुनाएका हुन्।

यौन शोषणको घटना सन् २०१५ को हो। अदालतमा यसको पहिलो सुनुवाइ सन् २०१७ मा भएको थियो। पीडित नाबालिकाका अनुसार उनकी आमा घरमा नभएको मौका छोपी पीडक जेलनीले पटकपटक यौन शोषण गरेका थिए। जेलनीले आफू मद्यपानको खराब लतका कारण त्यस्तो दुष्कर्म गर्न पुगेको भन्दै कोर्टसँग माफी मागेका छन्।

गायिका निकीले सन् २०१५ मा उनको भाइ पहिलो पटक जेल जाँदा जमानतका लागि एक लाख डलर दिएकी थिइन्। सन् २०१९ मा केनेथ पेटीसँग विवाह गरेकी निकीका पतिलाई पनि बलात्कारको आरोप छ। केनेथमाथि सन् १९९५ मा १६ वर्षीया युवती माथि बलात्कारको आरोप छ। सो आरोपमा उनी चार वर्ष जेल सजायसमेत काटिसकेका छन्। एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot