Logo

गोकर्ण लिज भाडा प्रकरणः विस्तृत छानबिन गर्न लेखा समितिमा माग



काठमाडौं,माघ १८ । संसद्को सार्वजनिक लेखा समितिका सदस्यले यती होल्डिङ्स प्रालिलाई गोकर्ण रिसोर्ट र दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिइएको विषयमा समितिले नै विस्तृत छानबिन गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल ट्रस्टको कार्यालयका सचिवलाई डाकेर बसेको बैठकमा सदस्यहरूले स्वार्थपूर्ण ढंगबाट सरकारले गोकर्ण रिसोर्ट र दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिएको दाबीसहित विस्तृत छानबिन गर्न माग राखेका हुन्। समितिका सदस्य एवं कांग्रेस सांसद् मीनेन्द्र रिजालले लेखा समितिकै सदस्यको संयोजकत्वमा विस्तृत छानबिन गर्नुपर्ने बताए।

उनले सीमित व्यक्तिलाई धनी बनाउने कानुनको उद्देश्य नभएको टिप्पणी गरे। ‘पूर्वराजाको सम्पत्ति केही सीमित व्यक्तिले प्रयोग गर्न खोजेका छन्’, उनले भने, ‘यतिले नपुगेर यत्ति चाहिनेहरुका लागि यो सम्पत्तिको प्रयोग गर्ने सोच कसरी विकसित भयो, मैले बुझ्न सकेको छैन।’

उनले पहिलेको सम्झौताको ६ वर्ष बाँकी छँदै सन् २५ वर्षका लागि गोकर्ण रिसोर्टलाई भाडामा दिनुमा कुनै आधार नदेखिएको बताए। ‘खालि भोलि गर्न पाइएला कि नपाइएला भन्नेबाहेक अरु कुरा मैले देखेको छैन’, उनले नेपाल सरकारका सचिव र नेपाल ट्रस्टका निमित्त सचिवलाई लक्षित गर्दै भने, ‘२५ सालसम्मका लागि निर्णय गर्नुभयो, ५० सालसम्मका लागि केके निर्णय गर्दै हुनुहुन्छ, जानकारी दिनुहोस्।’

समिति सदस्य कांग्रेस सांसद राजन केसीले पूर्वराजाको सम्पत्तिमा चलखेल भएको आरोप लगाएको आजकोे नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot