Logo

एमसिसी अनुमोदन गर्नुपर्छ, तर गलत प्रावधान भए सच्याउनुपर्छ : सुजाता कोइराला



सिओल, दक्षिण कोरिया २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एमसिसीका गतल प्रावधानलाई परिमार्जन गर्दै स्वीकार गर्नुपर्ने बताएकी छिन् । दक्षिण कोरियाको राजधानी सिओलमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो धारणा राखेकी हुन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेकी नेतृ कोइरालाले विदेशी सहयोग वा अनुदान लिँदा नेपालको विकास र समृद्धिमा टेवा पुग्ने बताईन् । तर, सहयोग वा अनुदान लिँदा नेपालले आफ्नो राष्टिय स्वार्थ र हितलाई केन्द्रमा राख्नुपर्ने उनको सुझाव छ ।

अमेरिकी सहयोग (एमसिसी) संसदबाट पारित गर्ने कि नगर्ने भन्नेबारे दलहरुबीच बहस भैरहेको बेलामा कोइरालाको यस्तो भनाई आएको हो । उनले एमसिसीको बारेमा निश्कर्ष निकाल्नेगरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल गठन गरेकोमा खुशी व्यक्त गरिन् ।उनले भनिन्, नेकपाले एकदमै सही कदम चालेको छ । कार्यदलले एमसिसीको बारेमा अध्ययन गर्छ । मूल कुरा हामीले आफ्नो हित हेर्नुपर्छ ।” उनले एमसिसी संसदबाट पारित गर्नुपर्ने धारणा राखिन् । तर, त्यसभित्र उल्लेख भएका प्रावधान नेपालको अहितमा भए त्यसलाई परिमार्जन गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot