Logo

रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै



चेन्नई, माघ २३ । अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका छन्।

दुई सय करोड भारुको बजेटमा निर्माण भएको फिल्मले ७० करोड घाटा बेहोर्नु परेको थियो। क्षतिपूर्तिको मागसहित अभिनेता रजनीकान्तसँग भेट्न खोज्दा उनले समय नदिएपछि वितरकले भोक हट्ताल गर्ने भएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी अभिनित सन् २०१४ को ‘लिंगा’ फिल्म बक्स– अफिसमा असफल भएपनि वितरकले पैसा फिर्ता पाएका थिए। सो फिल्मबाट उनले मात्र एक सय १० करोड लिएका थिए।

यस फिल्मलाई अभिनेता रजनीकान्त र फिल्ममेकर एआर मुरुगदासले संयुक्त रूपमा निर्माण गरेका थिए। २५ वर्षपछि उनी प्रहरीको भूमिकामा यस फिल्मबाट कमब्याक गरेका थिए। फिल्ममा उनीसहित अभिनेत्री नयनतारा, सुनिल सेट्टी, प्रतिक बब्बर, निभिथा थोमस र योगी बाबु लगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा अनिरुद्ध रविचन्दरले संगीत दिएका छन् भने सन्तोष सिभानले खिचेका छन्।

अभिनेता रजनीकान्त र फिल्ममेकर मुरुगदास नयाँ फिल्मको लागि सहकार्य गरिरहेका छन्। हाल अभिनेता रजनीकान्त निर्देशक शिवाको तमिल फिल्ममा व्यस्त छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्