Logo

धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि चैत्र ३ गतेदेखि सप्ताह ज्ञान महायज्ञ-२०७६ को आयोजना हुँदै



काठमाडौं, १७ फागुन । ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति, धादिङले धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि यही चैत्र ३ देखि चैत्र १० गतेसम्म धादिङ, निलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित् अमरावतीडाँडामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ को आयोजना गर्ने भएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकद्धारा यस्तो जानकारी गराइएको हो । शिरोमणि पण्डित रामकृष्ण उपाध्यायको मुखारविन्दुबाट उक्त सप्ताह ज्ञान महायज्ञको वाचन हुने पनि आयोजकले जनाएको छ । आयोजक संस्थाकाअनुसार उक्त महायज्ञबाट एक करोड रुपैयाँ संकलन गरिने उद्देश्य राखिएको छ । महायज्ञ सफल बनाएर गौमाताको संरक्षणको लागि निर्माण गर्न लागिएको राष्ट्रिय गौशला निर्माणको लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने अपिल आयोजकले गरेको छ ।

कार्यक्रममा ब्रम्हाण समाज धादिङ जिल्ला अध्यक्ष गंगादत्त तिमल्सिनाले यो पवित्र उद्देश्य राखेर सुरु गर्न लागिएको महायज्ञलाई सफल बनाउनको लागि सहयोगको अपिल गरे । उनले गौमाता, जन्ममाता, धर्तीमाताको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमितिका संयोजक पशुपति लम्सालले पनि सहयोगको अपिल गरेका थिए । उनले भने,‘मेरै संयोजकमा केन्द्रियमा तहमा पनि यो काम गर्छु । देशव्यापी रुपमा शाखा विस्तार गर्नतर्फ लाग्छु ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सुभापति ऋषि धमलाले आफूले पनि यो अभियानलाई सफल बनाउनको लागि मेरो तर्फबाट म सकेको सहयोग गर्छु । मिडियाबाट प्रचारप्रसार गर्छु । धादिङ मेरो जिल्ला हो । जन्मभूमि हो । म लागिपरेको छु । धादिङमा हुने हरेक पवित्र काममा मेरो साथ र सहयोग रहन्छ । यो अभियान सफल हुन्छ ।’ उनले महायज्ञको सफलताको लागि शुभकामना पनि दिए । धादिङको विकास र समृद्धिको लागि आगामी दिनमा समेत निरन्तर सक्रिय हुने उनको भनाई छ ।

ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति सदस्य भवननाथ अधिकारीले लोप हुन लागेको गौसंरक्षणको लागि हन्दिूवादीहरु एक हुनुपर्ने धारणा राखे । ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमितिका उपाध्यक्ष गुणनाथ नेपालले उक्त कार्यक्रम सफल बनाउनको लागि रिपोर्टर्स क्लबलगायत सबैलाई प्रचारप्रसार गरी सहयोग गरिदिन आग्रह गरे ।

कार्यक्रममा लाकुरीबोट आमा समूह, धादिङकी अध्यक्ष मेघा कुमारी घिमिरेले यो अभियान सफल हुने विश्वास दिलाईन् । उनले राम भट्टको अभियानमा सञ्चालन भएका अभियानहरु सफल भएको सुनाउँदै यो पनि सफल हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिईन् । उनले भनिन्,‘उहाँकै नेतृत्वमा धादिङको मैदीमा मातातीर्थ आमा भवन सम्पन्न भयो । यो पनि सफल हुन्छ । उहाँले गरेका पु०यका अभियानहरु सफल भैरहेका छन् । हामी सबै जिल्लावासीको साथ छ ।’

कार्यक्रममा वाल्मिकी क्याम्पसका प्राध्यापक प्रकाशमणि लम्सालले पनि यो अभियान सफल बनाउनको लागि केन्द्रबाट भरपुर सहयोग गर्ने वचनबद्धता जनाए । कार्यक्रम सञ्चालन तथा उक्त अभियानका संयोजक राम भट्टले ७७ वटै जिल्लामा गौशला निर्माण गर्न महायज्ञ लगाउने घोषणा गरे । ‘२०७७ सालभित्र हामी यो अभियान सफलताका साथ सम्पन्न गर्छौं ।’–उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot