Logo

अख्तियारले दोषी ठहर गरेका पियनले १२ वर्षयता पदमै रहेर सेवासुविधा लिएपछि…



काठमाडौ, २२ फागुन । धादिङका जनस्वास्थ्य कार्यालयका पियन जीवनकुमार मल्लले भ्रष्टाचार गरेको ठहर भएपछि पनि १२ वर्षयता सेवामै रही तलब सुविधा लिएको फेला परेपछि उनीसहित अन्य अधिकारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोछ ।

अख्तियारका अनुसार पियन हमालमाथि २०६० सालमै कारबाही भएकोमा २०७२ सालसम्म सेवासुविधा लिइरहेको फेला परेपछि सम्बन्धित कार्यालयका जिम्मेवार अधिकारीहरुमाथि मुद्दा दायर भएको हो ।

कसुर ठहर भएको २०६२ जेष्ठ ५ देखि २०७२ मंसिर १५ सम्म लिएको तलब भत्ता सेवा सुविधासहित ३४ लादख ३३ हजार छ सय ८३ हानीनोक्शानी पुर्याएको सप्रमाण पुष्टि भउको भन्दै लेखा अधिकृत जीवनकुमार मल्लमाथि समेत अख्तियारले मुद्या दायर गरेको छ । अख्तियारले बीगो रकम दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot