Logo

प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने प्रक्रियामा छौं- डा. उत्तम शर्मा



काठमाडौं, २७ फागुन । डा. उत्तम शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न छन् । प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपणपछि उनी चर्चामा छन् । डा. शर्मासँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?
उहाँको स्वास्थ्य अवस्था हामीले जुन किसिमले अपेक्षा गरिराखेका छौं त्यसै गरी अगाडि बढिरहेको छ । हाम्रो विभिन्न विषय विज्ञहरुको टिमको हिसावले हेर्दा सबै थोक राम्रो अवस्थामा छ ।
अब प्रधानमन्त्री डिस्चार्ज भएर कहिले बालुवाटार जानुहुन्छ त ?
उहाँलाई चाँडै नै डिस्चार्ज गरेर बालुवाटार पठाउने प्रक्रियामा हामी लागि सकेका छौं ।
आज, भोलि, पर्सी कहिले होला ?
अहिले नै ठ्याक्कै त म भन्न सक्दिँन र मिल्दापनि मिल्दैन । किन भने आज बिहानको कुराहरु हेर्नुपर्छ । उहाँको शरीरका सुचकहरु क्स्ता छन्, के छन् त्यो सबै हेरिसकेपछि भन्ने कुरा हो । जहाँसम्म मलाई लाग्छ अब प्लेन ल्याण्ड गर्ने बेला भइसक्यो ।
उहाँ भोलि पनि डिस्चार्ज हुन सक्नुहुन्छ ?
सबै चेकजाँच गरेका रिपोर्टबाट हामीहरुले राम्रो रिपोर्ट पायौं भने प्रधानमन्त्री कुनै पनि बेला डिस्चार्ज हुनुहुन्छ ।
तपाईंंहरुले हिजो पनि भन्नुभएको थियो स्वास्थ्यमा ब्यापक सुधार भनेर ?
उहाँको सुधार क्रमिक रुपमा भइराखेको छ । अभैm क्रमिक रुपमा बढ्दै गएको छ, त्यसलाई पनि स्टेबल मान्नुपर्छ । एउटा लेभल आउनुपर्छ त्यो स्टेबल ढंगले आइरहेको त्यसलाई हामीहरु ध्यान दिएर हेरिरहेका छौं । त्यसमा हाम्रो सम्पूर्ण सन्तुष्ट भयो भने चाँडै नै डिस्चार्ज गछौं ।
हिजो तपार्इंहरुले प्रधानमन्त्रीसँग कुराकानी गर्दा के भन्नुभयो ?
उहाँले निर्देशन दिने भन्ने कुरा हुँदैन । अहिले हाम्रो निर्देशन अन्तर्गत हुनुहुन्छ । उहाँले मेडिकल टिमले भनेको मानेर अत्यन्तै सौहार्दपूर्ण वातावरणमा बस्नुभएको छ । उहाँका शरीरमा जुन खालका विकारहरु थिए, ती राम्रोसँग बाहिर आइरहेका छन् ।
तपाईंहरुले नेपालको परिस्थितिका बारेमा कुरा गरिरहँदा जनताको बारेमा प्रधानमन्त्रीको भनाइ के छ ?
अहिले उहाँलाई राजनीतिक कुरा हामीले गर्न दिएका छैनौं र गर्दापनि गर्दैनौं । उहाँसँग कि नितान्त मेडिकलसम्बन्धी कुरा हुन्छन् कि पर्सनल कुरा हुन्छन् । उहाँसँग हाम्रो त्यस्तो ठूला–ठूला राजनीतिक कुरा हुँदैनन् । टोटली मेडिकल सम्बन्धी कुरा मात्रै हुन्छ । उहाँ सम्माननीय प्रधानमन्त्री भएपनि अहिल हाम्रो बिरामी हो । त्यसकारण हामी उहाँलाई अनावश्यक टेन्सनहरु केही पनि दिन चाहँदैनौं ।
प्रधानमन्त्रीले पनि तपाईंसँग राजनीतिक कुरा त के भइराखेको छ बाहिर भनेर सोध्न सक्नुहुन्छ नि ?
मैले उहाँसँग कहिल्यै पनि राजनीतिक कुरा गर्ने गरेको छैन ।
डाक्टरहरु कसैले पनि राजनीतिक कुरा गरेका छैनन् ?
हामीहरु जति उपचार संलग्न टिम छौं कहिल्यै पनि राजनीतिक व्यवस्थाका कुराहरु गर्दैनौं । हस्पिटल सम्बन्धी कुरा, विरामीका ‘टेक केयर’ गर्ने कुराहरु मात्रै हुन्छ । हाम्रो काम भनेको विरामीको सेवा दिने हो । त्यसकारण त्यससँग सम्बन्धित कुराहरुको नै फोकस हुन्छ ।
प्रधानमन्त्री अब नर्मल खानामा आइसक्नुभयो ?
अब उहाँ नर्मल खानामा आइसक्नुभएको छ ।
हाम्रो देशमा मृगौला पीडितहरुलाई सेवा, सुविधा निशुल्क छ ?
अहिले यो देशमा एउटा राम्रो स्टेप अगाडि बढेको छ । त्यो के हो भने आज १२ वर्ष अगाडि जुन बेला हाम्रो देशमा मृगौला प्रत्यारोपण सुरु भयो त्यति बेलासम्म मृगौला पीडितहरु लाखौंलाख पैसा बोकेर विदेशी अस्पतालमा जान्थे जसले अर्बौं पैसा विदेशमा गएको थियो । अहिले एकदमै न्यूनतम मूल्यमा हामीहरुले मृगौला प्रत्यारोपण गरिरहेका छौं शिक्षण अस्पतालमा । शुरुका दिनहरुमा बिरामीहरु धेरै कम ५० हजार रुपैयाँ मात्रै पाउँथे । आज आएर साढे तीन चार लाख रुपैयाँको सेवा उहाँहरुले निशुल्क पाउनुहुन्छ । आषधिहरु त्यसैले गरी मेनेज गर्न पाउनुहुन्छ त्यसैले अहिले धेरै ठूलो राहत भएको छ । यसमा अझ मेरो धारणा त सरकारले नै औषधिहरु पनि विरामीहरुलाई दिनुपर्छ भन्ने हो । किन भने मृगौला प्रत्योरोपण गरेका व्यक्तिहरुले जिन्दगीभर औषधि खानुपर्छ । ती महंगा पनि हाम्रो देशमा बन्दापनि बन्दैनन् । त्यसकारण यसको व्यवस्था सरकारले नै गर्नुपर्छ भन्ने मेरो धारणा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot