Logo

एकाविहानै नगरपालिकामा आगलागी



बाजुरा, फागुन २९ । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् ।

आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले बताए ।

आगलागीले के कति क्षति पु¥याएको भन्ने यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot