Logo

नेपाललाई आर्थिक संकटबाट बचाउन सरकारले के गर्नुपर्ला ? प्रा.डा. प्याकुरेलको यस्तो छ टिप्स (भिडियोसहित)



काठमाडौं, १४ चैत्र । अर्थविद् तथा कुटनीतिज्ञ प्रा.डा. विश्वम्भर प्याकुरेलले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताएका छन् । उनले भने,”हाम्रो आर्थिक अवस्था कमजोर भएको छ । हामीहरुको अर्थतन्त्रको मुख्य परिसुचकहरु त्यति साउण्ड थिएनन् । चीनले विश्वबजारमा निर्माण सामग्री निर्यात गर्दै आएको छ । नेपालमा त ७० प्रतिशत निर्माण सामग्री चीनबाटै आउँछ । अहिले सबै ठप्प छ ।” बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

https://youtu.be/efOwdWI5740

यद्धपी उनले नेपालको अर्थतन्त्र अहिले नै धराशयी नहुने तर्क गरे । सबै बाँझो जमिनमा उब्जाउ गर्नको लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने पनि उनको तर्क छ । उनले भने,”हामीले नेपालभित्रबाट अति आवश्यक उत्पादनहरु सप्लाई गर्न सक्ने कुरामा जोड दिनुपर्छ । साना तथा मझौला उद्योगहरु झण्डै झण्डै डेढ लाख दर्ता भएका छन् ।”अहिले ५० प्रतिशतले काम गर्दापनि कुल ग्राहस्थ उत्पादनमा पनि झण्डै २४ प्रतिशत योगदान दिएका छन् ।”



प्रतिक्रिया दिनुहोस्