Logo

साँढे दुई घण्टामा नतिजा दिनसक्ने कोरोना भाइरस टेष्टको किट विकास गरेको भोलिपल्ट यीनी आमा बनिन्



एजेन्सी, १५ चैत्र । यी हुन् भारतक मिनाल डाखाभे भोस्ले । भारतको मिलाब रिसर्च एण्ड डेभलभमेन्टकी प्रमुख । उनीसहितको टिमले एक हप्ता अगाडि कोरोना भाइरसको टेष्ट किटको विकास गर्यो । छ हप्तामा विकास गरिएको टेष्टको परीक्षण सफल भयो ।

मिलाब रिसर्चले विकास गरेको किटले साँढे दुई घन्टामै नतिजा दिन्छ । जब कि अन्य किटले छ देखि सात घन्टा समय लगाउँछ ।

किटको विकासमा एउटा रोचक विषय छ । किट विकासको नेतृत्वकर्ता वैज्ञानिक मिनाल भोस्ले स्वयं बच्चाको आमा बन्दै थिइन् । उनको नेतृत्वको टोलीले किटको विकास गरेको भोलिपल्ट छोरीलाई जन्म दिइन् । गत हप्ता उनले छोरीलाई जन्म दिनुअघि सजिलो भने भएन । गर्भधारण हुँदा समस्या आएर अस्पतालमा पुगेकी थिइन् । समस्याबारे चेकजाँच गरेको भोलिपल्ट फेब्रुअरी महिनामा किटको विकासको रिसर्चमा तल्लिन भइन् । उनले दश जनाको वैज्ञानिक टोलीको नेतृत्व गरिन् ।

१८ मार्चमा नेस्नल इन्स्टिच्युट अफ भिरोलोजीमा विकसित किट मूल्यांकनका लागि पठाइयो । त्यसको भोलिपल्ट उनले बच्चालाई जन्म दिएकी हुन् ।-बीबीसीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot