Logo

चीनबाट ल्याइएका मेडिकल सामग्री आजैबाट वितरण हुने



काठमाडौँ, १६ चैत : चीनबाट ल्याइएको मेडिकल सामाग्री आजैबाट वितरण हुने भएको छ। चीनबाट ल्याइएको स्वास्थ्य सामग्री आजबाट (आइतबार) वितरण हुने विषय स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत् जनाएका हुन् । उनले भने,’सामाग्रीको वितरण सकेसम्म आजैबाट सुरु गर्दैछौं। यो वितरण भयो भने धेरै समस्या हल हुन्छ,’ ।

नेपाल सरकारले मेडिकल सामग्रीहरु खरिद गरेको र केहि सामग्री अनुदान स्वरुप चीन सरकार, ज्याकमा र अलिबाबाले दिएको जनाइएको छ । मेडिकल सामग्री लिन नेपाल एअरलाइन्सको बिमान गएको थियो ।

नेपाल एअरलाइन्सको बिमान सम्पूर्ण सामग्रीका साथ् आइतबार बिहान काठमाडौं आइपुगेको थियो। सरकारले उक्त स्वास्थ्य सामाग्रीहरू सबै प्रदेशमा वितरण गर्ने जनाएको छ। वितरण गरेको समाग्रीले केहि हदसम्म राहत हुने समेत जनाइएको छ ।

Photo Source :  Twitter page of chinese Ambassador Hou Yanqi 



प्रतिक्रिया दिनुहोस्

Screenshot