Logo

कोरोना स्वास्थ्य सामाग्री खरिद काण्डका मुख्य योजनाकार युवराज शर्मामाथि कारबाही हुने



रिपोर्टर्स नेपाल, १९ चैत्र । कोरोना भाइरसको रोकथामका लागि चीनबाट कम गुणस्तरको सामान ल्याउने योजनाकारहरुमाथि सरकारले छानविन बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामान खरिदमा अनियमितताको विषय उठेपछि चासो देखाएकाले अनुसन्धान बढेको हो । यसमा मुख्य पात्र युवराज शर्मा हु्न । उनीमाथ छानविन बढेको र कारबाही हुनसक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

सरकारी तवरबाट छानविन बढाइएको बुझिएको छ । सामान आपूर्तिमा अनियमितताको विषय उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका हुन् । त्यसपछि यस मामलाको अनुसन्धान बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सामान खरिदमा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । दोब्बर देखि सात गुनासम्म बढी मूल्य तिरेर सामान ल्याएको पाइएको छ । अर्कोतर्फ कतिपय युरोपेली देशहरुले कम गुणस्तरको भनी खरिद नै रोकेका सामानहरु ल्याइएको तथ्य खुलेको छ ।

यो प्रकरणमा मुख्य योजनाकार युवराज शर्मा रहेको खुलिसकेको छ । ह्वाइट हाउस कलेजका संचालक उनीमाथि अख्तियारले अनुसन्धान अगाडि बढाइसकेको बुझिएको छ ।

ओबीसीआईमार्फत सामान ल्यान चारजना ठेकेदार मिलेका थिए । जसमा विशाल पण्डित, तुलहरि सिंह, र रवीन्द्र श्रेष्ठ मुख्य हुन् । उनीहरुको निकटता वर्तमान सरकार नजिक व्यवसायी र प्रशासकहरुसँग रहेको बुझिएको छ । सबै योजना ह्वाइट हाउस कलेजका संचालक युवराज शर्माले बनाएका हुन् ।

 

चीनबाट ठेकेदारमार्फत् सरकारले खरिद गरी ल्याएको स्वास्थ्य सामाग्रीको मूल्यसूची

पूर्व सचिव भीमप्रसाद उपाध्यायले सार्वजनिक गरेको मूल्य फरक सूची

विशाल पण्डित हस्पिटेकसँग सम्बन्धित छन् । उनले आफ्नो कम्पनि विवादमा परेपछि ओबीसीआईमार्फत् अन्य आपूर्तिकर्ता कम्पनिका व्यक्तिहरुलाई मिलाएर युवराज शर्मामार्फत् काम अगाडि बढाएको विश्वस्त स्रोतले बताएको छ ।

ठेक्का पाएको ओबीसीआईमा मुख्य व्यक्ति तुलबहादुर सिंह उल्ल्ेख छ । तुहा हरि अध्यक्ष, केशबबहादुर सिंह प्रबन्ध निर्देशक र पारस केसी प्रबन्धक राखिएको छ । यो कम्पनिले देशभित्र आइटीसम्बन्धी काम गरेको भनिएको छ ।

हिमालयन बैंकले ९ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी उपलब्ध गराएको छ । ठेक्काका लागि ओबीसीआईले बैंक ग्यारेन्टी पाएको थियो ।
स्वास्थ्य सामाग्री महङ्गोमा खरिद गरेको स्वीकारेपनि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ एक रुपैयाँ भ्रष्टाचार नभएको दाबी गर्दै आएका छन् । उनले खरिदमा भ्रष्टाचार भएको प्रमाणित गर्न चुनौती दिए । प्रमाणित भए झुण्डन तयार भएको बताए ।

यसअघि ग्वाङजाओमा बस्दै आएका एकजना नेपाली व्यापारी नविन विकले सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खुल्लापत्र लेख्दै करोडौंको अनियमितता भएको प्रआरोप लगाएका थिए । उनले चीनमा पर्ने मूल्य र नेपाल सरकारले खरिद गरेको मूल्यको फरक उल्लेख गर्दा मुख्य सामाग्रीको ४४ लाख ४० हजार डलर मूल्य फरक आएको देखिन्छ । यो ५५ करोड नेपाली रुपैयाँ हो । झण्डै एक अर्बको सामान खरिद गर्दा आधाभन्दा बढी अनियमितता भएको उनको आरोप छ । हरेक सामाग्रीमा करोडौंको अनियमितता भएको तथ्यांकनै प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘कोरोना टेष्टको पिसिआर किटमा १४ करोड, चश्मामा १५ करोड, गाउनमा ११ करोड गरी केही सामानको मात्र आँकडा छुट्याएको छु, बाँकी त कति छन् कति ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot