Logo

कोरोना भाइरस संक्रमित दश लाख नाघ्यो (देशको सूचीसहित)



एजेन्सी, २१ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । मृत्यु हुनेको संख्या ५३ हजार कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १० लाख १७ हजार ३ सय ९४ पुगेका छन् । मृतक संख्या ५३ हजार २ सय ४९ पुगेको छ । २ लाख १३ हजार २ सय १७ निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या २ लाख ४५ हजार ३ सय ७३ पुगेको छ । इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ संक्रमित भएका छन् ।

जर्मनीले संक्रमित संख्यामा चीनलाई उछिनेको छ । चीनमा ८१ हजार ६ सय २० संक्रमित संख्या रहेकोमा जर्मनीमा ८४ हजार ७ सय ९४ पुगेको छ ।

विश्वका नौ देशमा मात्र संक्रमित भेटिएका छैनन् । ती देशहरुमा नमूना परीक्षण राम्ररी नहुँदा वा संक्रमित लुकाइएको विषय पनि आएको छ ।

देश        संक्रमित
अमेरिका- २४५३७३
इटाली- ११५२४२
स्पेन- ११२०६५
जर्मनी- ८४७९४
चीन- ८१६२०
फ्रान्स- ५९१०५
इरान- ५०४६८
बेलायत- ३३७१८
स्वीटजरल्यान्ड- १८८२७
टर्की- १८१३५
नेदरल्यान्ड- १४६९७

स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्

Screenshot