Logo

लकडाउनको मौकामा कोठामा चोरी



काठमाडौ, २१ चैत्र । लकडाउनको समयमा एकजना विद्यार्थीको कोठा चोरी भएको छ । देशभर कोरोना भाइरसको त्रासले लकडाउन भइरहदा काठमाडौको पुतलीसडक स्थित ल्युप्लाजामा बिहिवार राती ल्यापटप चोरी भएको हो ।

लकडाउनको कारण गाउँ गएका विद्यार्थीको कोठा फुटाएर बिहीबार बेलुका ८ बजे चोरी भएको बुझिएको छ । चोरले चोरी गरी ढोकाको ताल्चा समेत लगेको छ । चोरी भएको घरधनीले राती नै प्रहरी बोलाई जानकारी गराएका छन् । उक्त कोठामा बस्ने विद्यार्थी गृहजिल्ला गएकाले अन्य के कति चोरी भयो भन्ने पछि खुल्ने प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot