Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, चैत २२ । देशका धेरै जसो भूभागमा शुक्रबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको र देशको पश्चिमी क्षेत्रका केहि भु–भागमा आंशिक बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot