Logo

नेपालमा कोरोनाः संक्रमित ५ पुरुष ४ महिला (विवरणसहित)



काठमाडौं, २२ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये पाँच पुरुष र चार महिला रहेका छन् । आज कोरोना संक्रमण भएको पत्ता लागेको महिला धनगढीकी हुन् । ३४ वर्षीया उनलाई दुबईबाट संक्रमित भई आएका परिवारका सदस्यबाट सरेको थियो ।

यसैगरी तीनजना संक्रमित महिलाहरु एउटै विमानबाट नेपाल फर्किएका हुन् । कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु तीनजनामध्ये १९ वर्षीया किशोरी, २२ वर्षीय युवती र ६५ वर्षीया वृद्धा छन् ।

दुईजना महिला बाग्लुङका र किशोरी काठमाडौंकी हुन् । दोस्रो, पाचौं, छैठौ र नवौं संक्रमित महिला हुन् । दोस्रो संक्रमित महिला फ्रान्सबाट, पाचौं संक्रमित महिला बेल्जियमबाट आएकी हुन् ।

यसैगरी, पाँचजना संक्रमित पुरुष हुन् । कोरोना भाइरसका पहिलो संक्रमित चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी उपचारपछि स्वस्थ भइसकेका छन् ।

तेस्रो संक्रमित पुरुष ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् ।

चौंथा संक्रमित पुरुषको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । ३४ वर्षीय संक्रमित दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनको २२ चैत्रमा कोरोना संक्रमण पत्ता लागेको थियो ।

आठौं संक्रमित पनि पुरुष हुन् । उनी भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय हुन् । उनको संक्रमण पनि २२ चैत्रमा पत्ता लागेको थियो ।

संक्रमितबारे
पहिलो संक्रमितः पुरुष
दोस्रो संक्रमितः महिला
तेस्रो संक्रमितः पुरुष
चौंथो संक्रमितः पुरुष
पाचौं संक्रमितः महिला
छैठौं संक्रमितः महिला
सातौं संक्रमितः पुरुष
आठौं संक्रमितः पुरुष
नवौं संक्रमितः महिला
कुलः ५ पुरुष, ४ महिला



प्रतिक्रिया दिनुहोस्

Screenshot