Logo

कोरोना भाइरसः मृतक ६० हजार र संक्रमित संख्या ११ लाख कट्यो (देशको सूचीसहित)



एजेन्सी, २२ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख कटेको छ । मृत्यु हुनेको संख्या ६० हजार कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित ११ लाख ३८ हजार ३ सय ५७ पुगेका छन् । मृतक संख्या ६१ हजार १ सय ४१ पुगेको छ । २ लाख ३६ हजार १ सय ५७ निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या रहेका छन् । त्यसपछि इटाली, स्पेन, जर्मनी र चीन अगाडि छन् ।

विश्वका केही देशमा मात्र संक्रमित भेटिएका छैनन् । ती देशहरुमा नमूना परीक्षण राम्ररी नहुँदा वा संक्रमित लुकाइएको विषय पनि आएको छ ।

देश        संक्रमित
अमेरिका २७७६०७
स्पेन १२४७३६
इटाली ११९८२७
जर्मनी ९१५८९
फ्रान्स ८२१६५
चीन ८१६३९
इरान ५५७४३
बेलायत ४१९०३
टर्की २०९२१
स्वीटजरल्यान्ड २०२७८
बेल्जियम १८४३१
स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्

Screenshot