Logo

काठमाडौंबाट हिँडेरै सुनसरी लागे यी मजदुर, भन्छन् : यहाँ भोकै मर्नुभन्दा बाँच्न घर हिँड्यौं



काठमाडौं, २२ चैत्र । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले यही चैत्र १५ गतेसम्म लकडाउन लगाएको छ । तर, यो अवधिमा दैनिक ज्यालादारी गर्ने श्रमिक तथा मजदुरहरु भने ठूलो मारमा परेका छन् । तराईबाट काठमाडौं मजदुरी गर्न आएका श्रमिकहरु धमाधम घर फर्किन थालेका समाचार आईरहेका छन् । अहिले छोटो तथा लामो दूरीका सबै आवाजावत बन्द छन् ।

लकडाउनको आज १२औं दिन हो । अत्यावश्यक कामबाहेकका मानिसहरुलाई समेत घरबाहिर हिँड्न मनाही गरिएको छ । यो अवधिमा सरकारको आदेश जनताले पूर्ण रुपमा पालना गरेका छन् । काठमाडौंबाट सुनसरीका मजदुहरु हिँडेरै आज आफ्नो घरतर्फ लागेका छन् । उनीहरुको पीडा मिसिएको बोली यस्तो छ,”खाने रासन छैन, नुन, खुर्सानी र चिउरा बोकेका छौं चार दिनमा सुनसरी पुग्ने लक्ष्य छ । सुनसरीबाट मजदूरी गर्न आएका थियौं, काम बन्द भयो गाडि पनि बन्द भयो, पाँच दिनका लागि रासन पाएका थियौं सकियो अनि बाध्य भएर घर हिँडेका हौं ।”

उनीहरु काठमाडौंमा भोकै मरिने पीरले सुनसरीतर्फ पैदल हिँडेका हुन् । एक जना भन्दैथिए,”सरकारले लकडाउन भनेको छ तर के गर्ने हजुर यहाँ भोकै मर्नुभन्दा चार दिन दुःख हुन्छ घर पुगेपछि बाँचिन्छ । कोरोना सकिएपछि फेरी कमाउन काठमाडौं आउँछौं । कपनबाट हिँडेर कोटेश्वर उकालो चढ्दै गरेका उनीहरु भन्छन्– एउटा संस्थाले रासन दियो पाँच दिन खाईयो, अरु राहत दिने संघ संस्थाहरु थाहा छैन, दिन्छन् भनेर कति दिन आशा गर्ने घर हिँड्दै राम्रो लाग्यो ।” तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot