Logo

चीनलाई कोरोना संक्रमित संख्यामा फ्रान्सले उछिन्यो



एजेन्सी, २२ चैत्र । कोरोना भाइरसको संक्रमण तीन महिना अघि देखिंदा युरोप शान्त नै थियो । अमेरिकामा केही हप्तासम्म कुनै संक्रमित भेटिएका थिएनन् । चीनमा हजारौंमा संक्रमण फैलिएर मृतक बढ्दै जाँदा सम्म युरोप र अमेरिकामा खासै चिन्ता लिइएको थिएन । तर, अहिले अमेरिकाले चीनलाई संक्रमित संख्यामा निकै पछि पारिसकेको छ । यतिसम्मकी युरोपका चारवटा ठूला मुलुकले चीनलाई उछिनेका छन् ।

संक्रमित संख्यामा अहिले चीन छैठौं स्थानमा धकेलिएको छ । चीनलाई आजै फ्रान्सले पछि पारेको छ । चीनमा ८१ हजार ६ सय ३९ संक्रमित संख्या देखिंदा फ्रान्समा ८२ हजार १ सय ६५ संक्रमित भएका छन् । आज नै इटालीलाई स्पेनले पछि पारेको छ । यसअघि दोस्रो स्थानमा रहेको इटालीभन्दा स्पेनको झण्डै पाँच हजार बढी संक्रमित भेटिएका छन् ।

देश          संक्रमित
अमेरिका २७७६०७
स्पेन १२४७३६
इटाली ११९८२७
जर्मनी ९१५८९
फ्रान्स ८२१६५
चीन ८१६३९



प्रतिक्रिया दिनुहोस्

Screenshot