Logo

संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ-न सहमतिको सरकार न चुनाव : प्रवक्ता शर्मा



काठमाडौं, २३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको अहिलेको माग चुनाव नभएका् प्रष्ट पारेका छन् । आइतबार प्रवक्ता शर्माले ट्विटरमा लेख्दै व्यक्तिगत मतहरु व्यक्तिगत नै हुने भन्दै यस्ता मतलाई पार्टीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । शर्माले संकटको घडीमा जिम्मेवार ढंगले सरकारलाई साथ दिने तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार विरुद्ध खरो उत्रने पनि उल्लेख गरेका छन् ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले मध्यावधि निर्वाचनको माग गरेको समाचार रिपोर्टर्स नेपाल डटकममा प्रकाशित भएपछि पार्टीभित्रैबाट महतको अभिव्यक्तिको आलोचना भएको छ । चौतर्फी आलोचना भएपछि र पार्टीको नाम समेत मुछिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि प्रवक्ता शर्माले यस्तो बताएका हुन् । FILE PHOTO/SPOKERSPERSON Mr. Bishwa Prakash Sharma

हेरौं महतले के भनेका थिए ? (भिडियोसहित)

डा. महतले स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द भयो भन्दैमा आफ्नो पार्टी चुप लागेर नबस्ने समेत चेतावनी दिए । उनले भने, कांग्रेस चुप लाग्दैन् । जनता चुप लाग्दैनन् । र, यो सरकार सबै…यस्तो बेलामा यस्तो दुःखद् अवस्थामा, यस्तो संक्रमणको अवस्थामा । जनता चाहीँ अब जागिर छैन् । ज्यालादारीले ज्याला गर्न पाएका छैनन् । घरघरमा छन् । यस्तो अवस्थामा पनि कमाउनुपर्छ यो चाहीँ अवसर हो भनेर सोच कसैले राख्दछ भने त्योभन्दा दुर्भाग्यपूर्ण र त्योभन्दा तल्लोस्तरको काम केही हुन्छ ऋषिजी ? हुनैसक्दैन् । अब हुँदाहुँदै आर्मीलाई दिने कुरा भएको छ । हाँस्दै…सरकारले यो पनि आर्मीले गरेपछि प्रश्न उठ्दैन भनेर गर्न खोजेको त होईन ? यो सरकार सिभिलियन गभर्मेन्ट के अब काम गर्न नसक्ने असक्षम ? यो सरकारले त अब राजीनामा दिनुपर्छ । मलाई त लाग्छ यो चाहीँ यो संक्रमण सकिएपछि, यो चाहीँ के छ भने यसबाट पार पाईसकेपछि अब त देश त मध्यावधि चुनावमा जानुपर्छ, यिनीहरुले अब हामीले सकेनौं भनेर भन्नुपर्छ ।”

मध्यावधि निर्वाचन कांग्रेसको माग हो भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा महतले भने,”यो चाहीँ मेरो व्यक्तिगत धारणा हो । मेरो व्यक्तिगत धारणा त के हो भने ओलीजीले राजीनामा दिएर उहाँको ठाउँमा आर्को कम्युनिष्ट पार्टीको अरु नेता आएपनि उहाँहरुको पनि अहिले चाहीँ जसले बागडोर लिएका उपप्रधानमन्त्रीलगायतका सबको देखिसकियो, ओलीजी सक्रिय हुँदापनि धेरै कुरा बिग्रिएको थियो । अहिले बिरामी भएर निस्क्रिय पर्दामा हुँदापनि अरु सञ्चालन गर्नेहरुको पनि त्यही हालत देखियो । त्यसकारण अब यो कम्युनिष्ट पार्टीले त के छ भन्देखी अब देशको जनतालाई ओलीजीको ठाउँमा अरु कोही भएर अब देश चल्ला भन्ने विश्वासनै छैन् ।”

जनताले पाँच वर्षको लागि यो सरकारलाई जिताएर पठाएका हुन्, तपाईहरु केपी ओलीको किन विरोध गर्नुहुन्छ ? किन राजीनामाको कुरा गर्नुहुन्छ ? किन मध्यावधिको कुरा गर्नुहुन्छ ? डा. महत भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,”हामी त पाँच वर्ष यसले चलाओस भन्ने चाहन्थ्यौं । जनताले जे भएपनि उहाँले प्रचार गर्नुभयो । प्रचारको प्रभावमा परेर जनताले पनि मतदान दिए । केही गरिहाल्लान् कि ? भई हाल्ला कि भनेर ? राम्रै गर्लान् कि ? कुरो त मिठै गर्याछन् । कुरो अनुसार कामपनि गर्लान् कि भनेर पूरा बहुमत दिएर जिताएर पठाएका हुन् । तर, दुर्भाग्यवश जनता निराश हुनुपरेको अवस्था छ । अहिले यस्तो आपतकालको अवस्थामा पनि उहाँहरु सुध्रेको अवस्था छैन् । जुन अहिले चाहीँ यसको हालीमुहाली जुन चाहीँ बागडोर सम्हालेको जुन चाहीँ संयन्त्र छ, उपप्रधानमन्त्रीको नेतृत्वमा उनले समेत छताछुल्ल भएको अवस्थामा मैले के भनिरहेको छु भने उहाँबाट अब आशा गर्ने ठाउँ बाँकी छैन् ।”

पूरा भिडियो यहाँ हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्