Logo

मध्यावधि निर्वाचन मागलाई गगन थापाले भने : असम्भव र अनावश्यक विचार



काठमाडौं, २३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन कुमार थापाले अहिले सहमतिको सरकार वा मध्यावधि निर्वाचन माग गर्ने समय नभएको भन्दै विरोध जनाएका छन् । उनले फेशबुक पेजमा यस्तो लेखेका छन्,” कहिले सहमतिको सरकार ! कहिले मध्यावधि निर्वाचन !! लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै ‘लक”गरिदिनुहोस्। यस्ता विषय बहसमा आइदिँदा सरकारी “अजासु” हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो।”

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा कोरोनाको संक्रमण सकिएपछि वा पार लागेपछि मध्यावधि निर्वाचनमा जानुपर्छ भनेर माग गरेका थिए । उनले वर्तमान सरकार असफल भैसकेको दाबी गर्दै यस्तो माग गरेका थिए । तर, आज अपरान्ह नेता महतले आफूले मध्यावधि निर्वाचनको माग नगरेको भनेर रिपोर्टर्स नेपाल डटकममा प्रकाशित समाचारमा आपत्ति जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्