Logo

यसकारण ‘उत्तर कोरियामा कोरोना भाइरस छिर्न सक्दैन’



उत्तर कोरिया कम्युनिस्ट शासन भएको देश हो जहाँ मानिस र मालसामान प्रवेश गर्न सजिलो छैन । किम जोङ ऊन शासक रहेको उत्तर कोरियामा कम्युनिस्ट शासन भएपनि विरासतको राजनीति चलिरहेको छ । किमका हजुबाबु किम इल सुङ कम्युनिस्ट शासनका संस्थापक थिए । त्यसपछि उनका पिता किम जोङ इल हुँदै उनी शासक बने ।

उत्तर कोरियामा यति कडा शासन छ कि त्यहाँबाट जनता बाहिर जान सक्दैनन् र कोही पनि बाहिरिया अवैध तरिकाले छिर्न सक्दैन । सीमा निकै कडा छ । वैध तरिकाले छिर्ने अनुमति पाउन पनि निकै कठिन छ ।

अहिले सँसारभर कोरोना भाइरसको संक्रमण फैलिइरहँदा औंलाले गन्न सकिने देशमात्र संक्रमण नदेखिएकाको सूचीमा पर्छन् । अब दशभन्दा कम देशमा संक्रमण छैन । त्यसमा उत्तर कोरिया पछि पर्छ । उत्तर कोरियाको छिमेकी चीनबाट संक्रमण शुरु भयो । हजारौं मानिसको मृत्यु भयो । दक्षिण कोरियामा पनि फैलिएर हजारौं संक्रमित भए । रुसमा समेत संक्रमण फैलियो । तर, उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण नभएको दाबी गर्दै आएको छ ।

उत्तर कोरिया संक्रमण नभएको भन्दै मिसाइल परीक्षणमा मस्त छ । नेता किम जोङ उन विना मास्क बसेको तस्बिर खिचाइरहेका छन् । तर, उनको नजिक देखिने सुरक्षाकर्मीले मास्क लगाएको तस्बिर सार्वजनक भयो ।

उत्तर कोरियाले कोही पनि संक्रमित नभएको दाबी गरेपछि दक्षिण कोरियाली मिडियाले सयौंको संक्रमणबाट मृत्यु भएको दाबीसहित समाचार प्रकाशित गरेका छन् । त्यहाँ सैनिकहरुको समेत मृत्यु भएको खबर ल्याएका छन् । उत्तर कोरियामा कोरोना संक्रमितको हत्या गरिएको खबर पनि नआएको होइन । विश्वबाट टाढिएको र भित्री विषय सायदै बाहिर आउने उत्तर कोरिया कोरोना भाइरसको संक्रमण नदेखिने विश्वको एकमात्र देश बनेमा आश्चर्य नमाने हुन्छ ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot