Logo

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर



काठमाडौं, २४ चैत्र । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना सिफारिश नामहरुमध्येबाट अधिकारीलाई चयन गरेको हो ।

अधिकारीको पक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले अडान लिएका थिए । अधिकारी लगानी बोर्डका अध्यक्ष छन् । गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिश गरेर प्रस्ताव तयार गरेको थियो ।

सिफारिश तीनजनामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव राजन खनाल रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्