Logo

लकडाउनपछिको योजना प्रभावकारी बनाउन मोदीको निर्देशन



२४ चैत :भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनपछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।उनले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरूलाई सोमबार निर्देशन दिएका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दीर्घकालिन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनुपर्नेमा प्रधानमन्त्री मोदीको जोड थियो । आफ्नो मन्त्रीपरिषद्का सदस्य मन्त्रीहरुसँग सोमबार भिडियो बैठक गर्दै उनले कोरोनापछि “भारत बनाऔँ” अभियान चलाउने गरी कार्यक्रमहरू ल्याउनुपर्ने बताएका थिए ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट शिक्षा लिँदै सङ्कटलाई अवसरको रूपमा सदुपयोग गर्नु पर्नेमा पनि जोड दिनुभयो । प्रधानमन्त्री मोदीले अहिलेको सङ्कटबाट चिकित्सा क्षेत्रलाई आत्म निर्भर बनाउनु पर्ने पाठ सिकिएको पनि बताएका छन् ।

आन्तरिक उत्पादनलाई जोड दिँदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरूको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरू ल्याउन उनले आह्वान गरेका हुन् । प्रधानमन्त्री कार्यालयारा जारी वक्तव्यमा प्रधानमन्त्री मोदीले प्रान्तीय तथा जिल्लास्तरीय प्रशासनलाई सङ्कट निवारणका लागि पर्याप्त रूपमा परिचालन गर्न तथा उनीहरुसँग राम्रो सम्पर्कमा रहन पनि आग्रह गरेको उल्लेख छ ।

उनले सङ्कटका कारण उत्पन्न पछिल्लो अवस्थाका बारेमा वास्तविक अवस्था अध्ययन गरी समस्याहरूको समाधानका उपायहरू पिहल्याउन लगाउनुभएको वक्तव्यमा जनाइएको छ । पर्याप्त अनुगमन गर्न र गलत गर्नेहरुलाई कारबाही गर्न पनि प्रधानमन्त्री मोदीले मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

उन्ल। कोरोना विरुद्धको लडाई सकिएपछि देशलाई पहिलाभन्दा राम्रो अवस्थामा पु¥याउनु पर्ने र त्यसका लागि युद्धस्तरमा काम गर्नुपर्ने बताउनुभयो । भारतमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि गत मार्च २४ तारिखदेखि लागु हुनेगरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन गरिएको छ ।

लकडाउन लागुभएपछि प्रधानमन्त्री मोदीले पहिलो पटक भिडियो मार्फत् मन्त्रीपरिषद्को बैठक बसाल्नु भएको हो । यसैबीच प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईलाई थप प्रभावकारी बनाउन अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ ।

भारतीय कम्युनिष्ट पार्टीका नेता डी राजले राजनीतिक दलका नेताहरुसँग छलफल गर्न आग्रह गर्दै सोमबार प्रधानमन्त्री मोदीलाई पत्र लाखेका थिए ।“यो विषम परिस्थितिमा सबै राजनीतिक दलहरूले संयुक्त बल लगाएर कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्नु पर्दछ, सवै दलहरुले हातेमालो गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा काम गर्नु पर्ने देखिएको छ, ” उनले पत्रमा लेखेका छन् ।

त्यसका लागि प्रधानमन्त्री मोदीले नेतृत्व र सक्रियता देखाउनुपर्नेमा पनि नेता राजले पत्रमा उल्लेख गरेका छन् । उनले सवै दलका नेताहरूसँग प्रधानमन्त्री मोदीले भिडियो बैठक गर्ने विश्वास पनि व्यक्त गरेका छन् । कानुन मन्त्री प्रल्हाद जोशीले जारी गरेको वक्तव्यमा लेखिएको छ, “प्रधानमन्त्री मोदीले यही अप्रिल ८ तारिखका दिन बिहान ११ बजे संसदमा पाँचभन्दा बढी सदस्य रहेका दलका नेताहरुसँग भिडियो बैठक गर्ने भएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot