Logo

कोरोना भाइरसबाट संक्रमित संख्या २१ लाख नाघ्यो (कुन देशमा कति सूचीसहित)



एजेन्सी, ४ वैशाख । विश्वभर कोरोना भाइरसबाट २१ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । १ लाख ४१ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार २१ लाख १५ हजार ६ सय २४ जना संक्रमित भएका छन् । १ लाख ४१ हजार १ सय ९५ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । ५ लाख २७ हजार ४ सय ७१ जनालाई निको भएको छ ।

सबैभन्दा बढी साँढे ६ लाख अमेरिकामा संक्रमित संख्या छ । त्यहाँ ३२ हजारभन्दा बढीको संक्रमणबाट ज्यान गइसकेको छ । स्पेनमा १ लाख ८२ हजार संक्रमित छन् । मृतकको संख्या १९ हजार कटेको छ । इटालीमा १ लाख ६५ हजार संक्रमित भएका छन् । २१ हजार ६ सयको संक्रमणबाट मृत्यु भएको छ ।

देश        संक्रमित
अमेरिका ६५०८३३
स्पेन १८२८१६
इटाली १६५१५५
फ्रान्स १४७८६३
जर्मनी १३५६३३
बेलायत १०३०९३
चीन ८२३४१
इरान ७७९९५
टर्की ६९३९२
बेल्जियम ३४८०९
नेदरल्यान्ड २९२१४

स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्

Screenshot