Logo

समाजवादी पार्टी फुट्ला ?



काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएलगत्तै राजनीतिक तरंग आयो । कोरोना भाइरसको लडाईं र स्वास्थ्य सामाग्री खरिद प्रकरणमा सरकार विवादमा मुछिंदा एकाएक ध्यान पार्टी फुट्न सहज बनाउने गरी ल्याइएको अध्यादेशतर्फ ध्यान खिचियो ।

कतै नेकपा फुट्न लागेको त होइन ? भन्ने शंका उब्जियो । तर, नेकपाकै नेताहरुले अनौपचारिक छलफलमा समाजवादी पार्टी फुटाउन अध्यादेश ल्याएको भनी शंका मेटे ।

समाजवादी पार्टीमा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइका अलावा पूर्व एमालेले पार्टी फुटाउन लागेको चर्चा चल्यो । समाजवादी पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले यसप्रति आक्रोश व्यक्त गरे । यादवले त नेकपाकी लागि विधयेक घातक हुने चेतावनी दिए ।

समाजवादी पार्टी फुटिहाल्ने सम्भावना कमै छ । तर, राजनीति सम्भावनाको खेल हो । संसदीय दलमा समाजवादी पार्टीमा प्रतिनिधिसभा सदस्य १५ जना छन् भने राष्ट्रियसभामा १ सदस्य छन् । प्रतिनिधिसभामा ६ सदस्य भएमा ४० प्रतिशत पुग्छ । राष्ट्रियसभा सदस्य समेत जोड्दा ७ जना पुग्नुपर्छ ।

पूर्व एमालेहरु नेकपा फुटाउन लागिपरेको विषय नआएको होइन । यसमा इस्तियाक पनि मिलेको चर्चा चल्यो । समाजवादी पार्टीमा सांसद रहेकामा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्रप्रसाद श्रेष्ठ, मोहम्मद इस्तियाक राइ, उमाशंकर अरगरिया, कुलदेवी विश्वकर्मा, प्रदीप यादव, विमलप्रसाद श्रीवास्तव, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, रुही नाज, रेणुकुमारी यादव, रेणुका गुरुङ्ग, डा. सुरेन्द्रकुमार यादव, डा. सुर्यनारायण यादव र राष्ट्रियसभामा प्रमिला कमारी छन् । चर्चामा आए अनुसार इस्तियाक राईका अलावा राजेन्द्र श्रेष्ठको समूह नयाँ दल दर्तामा जानेछन् । तर, यसलाई उनीहरुले खण्डन गरिसकेका छन् ।

कोरोना लकडाउनका बखत रातारात पार्टी फुट्ने चर्चा चलिरहँदा राजनीतिक वृत्तमा तरंग आएको छ । कतै राजपा त फुट्दैन ? भन्नेसम्मको विषय उठ्यो । तर, राजपा अध्यक्षमण्डका नेता शरदसिंह भण्डारीले पार्टी कुनै हालमा नफुट्ने स्पष्ट पारेका छन् । उनले पार्टी फुट्ने दिवासपना नदेख्न भनेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot