Logo

कोरोना : २ लाख ३८ हजारको मृत्यु, ३४ लाख संक्रमित



कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शनिवार राति १:३० बजेसम्मको रिपोर्टअनुसार ६४ हजार ९ सय ३१ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ लाख १२ हजार ७ सय ७१ पुगेको छ । शुक्रबार मात्र अमेरिकामा १ हजार ७५ जनाको मृत्यु भएको छ ।

उता, बेलायतमा मृत्यु हुनेको संख्या २७ हजार ५ सय १० पुगेको छ । संक्रमितको संख्या १ लाख ७७ हजार नाघेको छ ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।

शुक्रबार इटालीमा २ सय ६९ जनाको मृत्यु भएको छ भने स्पेनमा २ सय ८१ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २८ हजार २ सय ३६ पुगेको छ भने स्पेनमा २४ हजार ८ सय २४ पुगेको छ ।

फ्रान्समा २४ हजार ५ सयभन्दा बढिको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ६७ हजार ३ सय संक्रमित छन् ।  छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ३५ हजार नाघेको छ ।

कुन देशमा कतिको मृत्यु ?

बेेेेेेेेेेल्जियम – ७७०३

जर्मनी – ६६४०

इरान – ६०९१

ब्राजिल – ६०१७

नेदरल्याण्ड – ४८९३

टर्की – ३२५८

क्यानडा – ३३८७

स्विडेन – २६५३

स्विजरल्याण्ड – १७५४

मेक्सिको – १८५९

आयरल्याण्ड – १२६५

चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १० देशमा फैलिएको छ ।

अहिलेसम्म यो भाइरसका कारण ३३ लाख ७० हजार संक्रमित भएका छन् । संक्रमितमध्ये करिब १० लाख ७१ हजार जना निको भएका छन् । उपचाररत करिब २० लाख ६१ हजारमध्ये करिब ५० हजारको अवस्था भने चिन्ताजनक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot